Comments Add Comment

एसएसपीमाथि बलात्कार आरोप : महराकाण्डको झल्को !

मुद्दा फिर्ता लिन महिलाको हारगुहार, दोस्रो पटक म्याद थपियो

२५ माघ, बिराटनगर । संघीय प्रहरी इकाई कार्यालय धरानका निलम्वित वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणामाथि थप अनुसन्धानका लागि शुक्रबार दोस्रोपटक ८ दिनको म्याद थप भएको छ । राणा गत सातादेखि हिरासतमै छन् ।

एसएसपी राणा आफू विरुद्ध पक्राउ पूर्जी जारी भएपछि आइतबार आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएका थिए । उनी निलम्बनमा समेत परिसकेका छन् ।

करिब १० वर्षदेखि चिनजान र सम्पर्कमा रहेकी एक महिलाले गत साउनमा इटहरीमा बलात्कृत भएको भन्दै एसएसपी राणापवरिुद्ध उजुरी दिएकी थिइन् ।

तर, बलात्कारको अभियोगमा थुनिएका राणाको मुद्दा पूर्वसभामुख कृष्णबहादृुर महराको जस्तै बन्ने संकेत देखिएको छ । उजुरी दिने महिलाले नै अहिले मुद्दा फिर्ता लिने ‘होस्टाइल’ को प्रयास थालेकी छिन् ।

बलात्कारको अभियोगमा थुनिएका राणाको मुद्दा पूर्वसभामुख कृष्णबहादृुर महराको जस्तै बन्ने संकेत देखिएको छ । उजुरी दिने महिलाले नै अहिले मुद्दा फिर्ता लिने ‘होस्टाइल’ को प्रयास थालेकी छिन्

 

तत्कालीन सभामुख महराले बलात्कृत गरेको अभियोग लगाउने पीडित महिलाले मुद्दा चलिसकेपछि वीचमा वयान फेर्न खोजेकी थिइन् । तर, उनलेले वयान फेरे पनि अदालतले पीडितको कुरा सुनेन र पूर्वसभामुख महरा अहिलेसम्म पूर्वक्षका लागि जेलमै छन् ।

निलम्वित एसएसपी राणामाथि पनि बलात्कारको अभियोग लगाएर निवेदन दिने महिलाले आफू बलात्कृत नभएको भन्दै वयान फेर्ने प्रयास थालेको बुझिएको छ ।

राणाको एक कलपछि महिलाको हारगुहार

निलम्बित एसएसपी राणाविरुद्ध जरवरजस्ती करणीको आरोपमा किटानी जाहेरी दिएकी महिलाले अहिले प्रहरी र सरकारी वकिलको कार्यालयले आफ्नो सहमति विपरीत मुद्दा चलाएको भन्दै मुद्दा फिर्ता गराउन हारगुहार गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

गृहमन्त्रालयमा समेत यसबारे जानकारी गराएकी ३५ वर्षकी ती महिलाले आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेर उनले मुद्दा फिर्ता लिने बताइन् ।

ती महिलाले आफूसँग एसएसपी राणाको लेनदेनसम्बन्धी मात्र विवाद रहेको बताउन थालेकी छन् ।

प्रहरी स्रोतका अनुसार महिलाले किटानी जाहेरी दिएपछि उनलाई सुनसरी प्रहरीले मेडिकल जाँचका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।

प्रतिष्ठानमा चेकअफ गरेर फर्कने क्रममा ती महिलालाई राणाले टेलिफोन गरेका थिए । टेलिफोनपछि उनले मुद्दा फिर्ता लिन खोजिरहेको प्रहरी स्रोत बताउँछ ।

ती महिलाले प्रहरीमा मुद्दा फिर्ताका लागि लिखित निवेदन दिन खोजेकी थिइन् । तर, प्रहरीले निवेदन नलिएपछि उनले हुलाकमार्फत चिट्ठी पठाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment