+
+
Shares

६१ वर्षीय वृद्धामाथि बलात्कारको आरोपमा २१ वर्षीय युवक पक्राउ

६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १६:१८

३ भदौ, काठमाडौं । ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रेम विसुंखे रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना रामेछापको हो । विसुंखेले मंगलबार वृद्धामाथि उनकै घरमा जबरजस्ती करणी गरेर फरार भएको प्रहरीले जनाएको छ ।

विसुंखे मजदूरी गर्दैआएका थिए । घटनापछि फरार रहेका उनलाई प्रहरीले बुधबार रामेछापकै तिलबारीस्थित कोही नबस्ने घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?