+
+
Shares

हामीले चाहेको जस्तो गतिमा काम हुन सकेन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २६ गते १९:४५

२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहेको गतिमा विकास निर्माणको काम अगाडि बढ्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार ४७औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खासगरी आयोजना कार्यान्वयनको गति, न्यून पुँजीगत खर्च, वैदेशिक सहयोगका आयोजनामा भइरहेको ढिलासुस्तीबारे प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् । ‘उपलब्धि हुँदै नभएका होइनन्,’ उनले भने,’तर सन्तोषजनक भएन, काम ढिला भयो, पुँजीगत खर्च ज्यादै न्युन भयो, हामीले जुन गतिमा जान थालेका थियौ, त्यसो हुन सकेन ।’

उनले आयोजना कार्यान्वयनमा गति दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराए । बैठकलाई छोटो सम्बोधन गरेका प्रधानमन्त्री बैठकमा पुरै समय भने बसेनन् ।

आफ्नो स्वास्थमा सानो समस्या रहेको भन्दै प्रधानमन्त्रीले बैठकमा आफ्नो तर्फबाट उपप्रधानमन्त्री इश्वर पोखरेलले सम्बोधन गर्ने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?