Comments Add Comment

हुण्डी प्रकरणमा वीरगञ्जबाट थप एक जना पक्राउ

२७ माघ, वीरगञ्ज । हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले वीरगञ्जबाट थप एक जनालाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको ५ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेको भोलिपल्ट पर्सा प्रहरीले अनुसन्धानका लागि भन्दै थप एक जनालाई सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज घडिअर्वा बस्ने मदन गुप्ता रहेका छन् ।

वीरगञ्जको रजतजयन्ती चोकबाट प्रहरीले आइतबार उक्त रकमसहित भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने ५० वर्षीय सुरेश महत्तोलाई पक्राउ गरेको थियो । महतोकै बयानको आधारमा प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो ।

यो पनि पढ्नुहोस स्रोत नखुलेको साढे ५ लाखसहित एक जना भारतीय पक्राउ

साढे ५ लाख स्रोत नखुलेको रकमका बारेमा अनुसन्धानका लागि गुप्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी वीरेन्द्र शाहीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेकोले थप जानकारी दिन नमिल्ने उनको भनाइ छ ।

बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेका महतो वीरगञ्ज–१६ रजतजयन्त्री चोकबाट ५ लाख ५० हजार नेपाली रुपैयाँसहित पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment