Comments Add Comment

भारतको सहयोगमा नुवाकोटमा विद्यालय भवन पुनर्निर्माण

२७ माघ, काठमाडौं । भूकम्पबाट क्षति पुगेको नुवाकोटको किस्पाङ्स्थित ऐंसेलुभूमे माध्यमिक विद्यालयको भवन भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भएको छ ।

३ करोड ९५ लाख ७० हजार रुपैयाँको आर्थिक सहयोगमा विद्यालय भवन पुनर्निर्माण भएको हो ।

नवनिर्मित विद्यालय भवनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक कार्यक्रमका बीच गरेका छन् ।

नवनिर्मित भवनका तीन वटा ब्लकहरु रहेका छन् । तीन तले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेका छन् भने दुई तले भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र-छात्राका लागि बेग्ला बेग्लै शौचालय सुविधा रहेको छ ।

विसं २०४६ सालमा स्थापना भएको ऐंसेलुभूमे माध्यमिक विद्यालयमा ६३७ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

नवनिर्मित विद्यालय भवन उद्घाटन कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन, भारतीय राजदूतावासको पुनर्निर्माण प्रभागका सचिव सुचिता किशोर लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment