Comments Add Comment

गम्भीर घाइते बालकको हेलिकप्टरबाट उद्धार

२७ माघ कैलाली । बाजुराको बडी मालिका नगरपालिका-८ मार्तडीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका एक बालकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

हिमाली गाउँपालिका-६ रुगिन घर भएका २ वर्षीय बालक कृष्टन पाण्डे मामाको घरमा आएको बेला छतबाट खसेर गम्भीर घाइते भएका थिए ।

सामान्य उपचारको लागि जिल्ला अस्पताल बाजुरामा लगिएपछि त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपालीको सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा पुर्‍याइएको हो ।

गम्भीर घाइते बालकको सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा उद्धार गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहका स्वकीय सचिव जङ्ग बिकले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुर्घटनामा गम्भीर अवस्थाका घाइतेहरूलाई हवाई सेवामार्फत उद्धार गर्दै आइरहेको छ ।

दुर्गमका स्थानीयहरूलाई लक्षित गरी ल्याएको उक्त नीति अन्तर्गत हालसम्ममा ७ जना बढी घाइतेको उद्धार गरिसकेको स्वकीय सचिव बिकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment