Comments Add Comment

एमसीसी अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र

२८ माघ, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) नेतृत्वको ९ दलीय गठबन्धनले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार सिंहदरवारस्थित कार्यकक्षमै भेटेर सभामुख सापकोटालाई ९ दलीय गठबन्धनले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजकसमेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सीपी गजुरेलले अमेरिकाले आफ्नो रणनीतिक उदेश्य पूरा गर्न एमसीसी अनुमोदनका लागि दबाब दिइरहेको बताए ।

ज्ञापन पत्र बुझ्दै सभामुख सापकोटाले एमसीसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment