Comments Add Comment

म्याग्नाकार्टा चोर्ने प्रयास, एक पुरुष गिरफ्तार

मानव अधिकार तथा कानूनी शासनको महाअधिकारपत्र मानिने बेलायतको म्याग्नाकार्टाको सक्कलप्रति चोर्ने प्रयास भएको छ ।

सन् १२१५ मा प्रकाशित म्याग्नाकार्टाको सक्कल प्रति चोरी गर्ने प्रयास गरेको भन्दै ४७ वर्षका मार्क रोएडेन नामक व्यक्तिलाई पक्राउ गरिएको हो ।

साल्सबरी क्याथर्डलमा सिसाको बलियो बाकसभित्र राखिएको म्याग्नाकार्टाको सक्कल प्रति चोर्नका लागि ती व्यक्तिले हथौडाले हानेर बाकस फोड्ने प्रयास गरेका थिए । सुरक्षा बाकस फोडेर भाग्दै गरेका ती व्यक्तिलाई त्यहाँ रहेका पर्यटकहरूले लखेट्दै समात्न सफल भए । प्रहरीले उनलाई पक्राउ गरी साल्बसरी क्राउन अदालतमा पेस गर्यो । अदालतले चोरी उद्योग तथा सुरक्षा बाकसमा क्षति पुर्‍याउने आपराधिक क्रियाकलाप गरेको अभियोगमा ती व्यक्तिमाथि १४ हजार ४ सय ६६ पाउण्ड जरिवानाको फैसला गरेको छ ।

अदालतसमक्ष उनले साल्बसरी क्याथेर्डलमा रहेको म्याग्नाकार्टा सक्कल प्रति होइन कि भन्ने लागेर बाकस फोडेको बताएका थिए ।

स्मरणरहोस्, बेलायती राजा जोनले सन् १२१५ मा जारी गरेको म्याग्नाकार्टाका चारवटा सक्कल प्रतिमात्र अहिले अस्तित्वमा छन् । तीमध्ये दुईवटा लण्डनस्थित ब्रिटिस पुस्तकालयमा छन् । त्यस्तै एउटा सालिसबरी क्याथेड्रलमा र अर्को पूर्वी इंगल्याण्डको लिंकन क्याथेड्रलमा रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment