Comments Add Comment

भारतमा बसले ट्रकलाई ठक्कर दिँदा १४ जनाको मृत्यु

काठमाडौं । भारतको फिरोजाबादस्थित आगरा–लखनऊ सडकखण्डमा बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् ।

दिल्लीबाट बिहारको मोतिहारी आउँदै गरेको बस एक्कासी ट्रकको पछाडि ठोक्किँदा ट्रकका चालकसहित बसमा सवार १३ जनाको मृत्यु भएको फिरोजाबादका एसपी सचिन्द्र पटेलले बताए ।

एसपी पटेलका अनुसार घाइतेहरुको सैफई पीजीआई अस्पतालमा उपचार भइरहेको छ ।
उक्त सडकखण्डको भदान गाउँ नजिकै तीव्र गतिको बस बुधबार अबेर राति ट्रकको पछाडि ठोक्किन पुगेको थियो । बसमा ९० जना यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment