+
+
Shares

विधानसभामा लज्जास्पद हारपछि दिल्ली कंग्रेस इन्चार्जद्वारा राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १५:०३

२९ माघ, काठमाडौं । विधानसभामा निर्वाचनमा आफ्नो पार्टीले खाता खोल्न नसकेपछि भारतीय नेसनल कंग्रेसका दिल्ली इन्चार्ज पिसी चक्कोले पदबाट राजीनामा दिएका छन् ।

१५ वर्षसम्म लगातार दिल्लीमा सरकार चलाएको कंग्रेसले दुई वटा विधानसभा चुनावमा एक सिट पनि जित्न नसकेपछि बुधबार चक्कोले पदबाट राजीनामा दिएका हुन ।

गत शनिबार सम्पन्न निर्वाचनमा ७० सदस्यीय विधानसभामा आम आदमी पार्टीले ६२ र भारतीय जनता पार्टीले ८ स्थानमा जितेको थियो ।

१९९८ देखि २००८ सम्मको निर्वाचनमा लगातार एकल बहुमत ल्याएको कंग्रेस २०१३ मा ८ सिटमा खुम्चिएको थियो ।

५२ बाट ४ प्रतिशतमा

२०१५ र २०२० को चुनावमा शून्य सिटमा झरेको कंग्रेसको लोकप्रिय मत पनि घटेको छ । अघिल्लो निर्वाचनमा ९.७ प्रतिशत मत पाएकोमा यसपटक ४.२ प्रतिशत भोट आयो ।

२०१३ मा २४.५५ प्रतिशत मतदाताले कंग्रेस रोजेका थिए । १९९८ र २००३ मा ४८/४८ प्रतिशत र २००८ मा ४० प्रतिशत दिल्लीबासीको उसलाई समर्थन थियो ।

१९५१ मा भएको पहिलो विधानसभा चुनावमा कंग्रेसले ३९ स्थानमा जित्दा ५२ प्रतिशत लोकप्रिय मत पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?