Comments Add Comment

बलिउड स्टारको अनौठो आनीबानी

बलिउड वादशाह शाहरुख खान जुत्ता खोल्न जाँगर गर्दैनन् । कतिपय स्थान यस्ता हुन्छन्, जहाँ जुत्ता लगाउन उचित वा शोभनिय मानिदैन । त्यस्तो स्थानमा पनि जुत्ता खोल्न आनाकानी गर्छन् उनी । भनिन्छ, बेलाबखत उनी ओछ्यानमा पनि जुत्ता लगाएरै पुग्ने गर्छन् ।

शाहरुख चुरोटको अम्मली पनि हुन् । उनी हरक्षण चुरोट तानिरहेका हुन्छन‍् ।

मिस्टर परफेक्शनिस्ट आमिर खान नुहाउन अल्छी गर्छन् । उनलाई नुहाउनका लागि श्रीमती किरण रावले कर गर्नुपर्छ ।

बलिउडमा पहिलो पटक ‘विकिनी’ फोटोशुट गराएकी शर्मिला टैगोर पुत्र सैफ आली खानको खराब बानी छ, बाथरुममा लामो समय बिताउने । बाथरुममा प्रवेश गरेपछि उनी लामो समय निस्कदैनन् । के भनिन्छ भने, सैफको बाथरुममै पुस्तकालय र टेलिफोन छ ।

सैफकी श्रीमती एवं अभिनेत्री करिना कपूरको बानी के छ भने, अक्सर नङ टोक्ने । हुन त धेरैको यस्तो बानी हुन्छ । करिना चाहिँ धेरैजसो समय नङ टोकिरहेकी हुन्छिन् । अहिलेसम्म उनले यो बानी हटाउन सकेकी छैनन् ।

अभिनेता जितेन्द्रको अनौठो बानी छ, ट्वाइलेटमा पनि मेवा खाने । उनी अक्सर ट्वाइलेट बसेपछि मेवा खान रुचाउँछन् । र, ट्वाइलेटमा मेवा लिएरै जान्छन् ।

सुष्मिता सेन खुला आकासमुनी नुहाउन चाहन्छिन् । उनलाई बाथरुममा भन्दा खुला स्थानमा नुहाउन बढी आनन्द लाग्छ । त्यसैले त उनले आफ्नो घरको छतमा बाथ टप राखेकी छिन् । त्यस्तै अर्को पनि उनको अनौठो बानी छ, सर्प पाल्ने । सुष्मिताले घरमा पाइथन नामक सर्प पालेकी छिन् ।

अमिताभ बच्चन दुबै हातमा घडी लगाउँछन् । जब अभिषेक पढ्नको लागि विदेश गएका थिए, त्यसबेला भारत र त्यहाँको टाइमजोनको कारण उनले दुईवटा घडी बाँधेका थिए । अहिले उनको यो स्टाइल नै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment