+
+
Shares

कोरोना तत्काल रोकथाम नभए साढे चार करोड मानिसको मृत्यु हुन सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १३:३१

२९ माघ, काठमाडौं । कोरोना भाइरसको रोकथाम विधि असफल भएमा विश्वभरका साढे चार करोड मानिसको मृत्यु हुने हङकङको पब्लिक हेल्थ मेडिसिनका प्रोफेर गेब्रियल लेउले बताएका छन् ।

कोरोनाको मृत्युदर घटेर १ प्रतिशतमा झर्दा पनि यति ठूलो माननवीय क्षति हुने उनको आँकलन छ।

विश्वव्यापी जनसङ्ख्या अहिले करिब ७ अर्ब भन्दा माथि छ। यसको मतलब कोरोनाको संक्रमण नरोकिने हो भने एक प्रतिशतको मृत्युदरले पनि साढे ४ करोड मानिसको मृत्यु हुन्छ ।

यद्यपि, चीनमा प्रत्येक दिन रिपोर्ट गरिएका नयाँ घटनाहरूको संख्या विगतको भन्दा घट्दो छ । तर रोकथामको उपाय प्रभावकारी नहुँदा अझै मानिसहरु मर्न सक्ने खतरा भने टरेको छैन्।

विशेषज्ञहरुले विस्तारै कोरोना संक्रमण घट्ने भए पनि यसलाई कम आक्न नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?