Comments Add Comment

एमसीसी कम्प्याक्ट : नेपाल र श्रीलंकाको उस्तै हालत !

के छ अरु देशको अनुभव ? कुन देशलाई कति अनुदान ?

२९ माघ, काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथि नेपालमा तीव्र विवाद भइरहँदा विश्वका अन्य देशहरुमा यो परियोजनाको अनुभव पनि नियाल्नुपर्ने भएको छ । विश्वका ४९ देशहरुले एमसीसीसँग अनुदान सम्झौता गरेकोमा २ वटा देशहरुमा मात्रै परियोजना असफल भएका छन् ।

सन् २००४ मा अमेरिकी सरकारले आफ्नो विदेश मन्त्रालय मातहत रहने गरी विकास एजेन्सीका रुपमा एमसीसी स्थापना गरेको थियो । अविकसित वा विकासशील राष्ट्रलाई आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरणमा सघाउने ध्येयका साथ तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको अवधारणामा यसको स्थापना गरिएको हो । यो परियोजना अफ्रिकामा बढी केन्द्रित भए पनि एसिया, युरोप र ल्याटिन अमेरिकाका केही राष्ट्रहरुमा पनि सञ्चालित छ ।

पहिलो गाँसमा ढुंगा भनेजस्तै मदागास्करमा एमसीसीले पूर्णता पाउन सकेन । सन् २००९ को मेमा त्यहाँ सैनिक ‘कु’ भएपछि अमेरिकाले परियोजना स्थगित गरेको थियो । यद्यपि, ११ करोड डलरको परियोजनाको अवधि समाप्त हुन एक वर्ष मात्रै बाँकी थियो ।

एमसीसीको सहायता प्राप्त गर्न इच्छुक राष्ट्रहरुले विभिन्न २० वटा सूचकहरुका आधारमा प्रतिस्पर्धा गर्नुपर्छ । यी सूचकहरुमा नागरिक स्वतन्त्रताको अवस्था, पारदर्शिता, महिला तथा बालबालिकाका निम्ति लगानी, शिक्षामा लगानी, कानूनी राज्यको प्रत्याभूति लगायत छन् । नेपालले यिनै सूचकहरुमा चित्तबुझ्दो नतिजा देखाएर एमसीसी अनुदान प्राप्त गरेको हो ।

एमसीसीको स्थापना भएपछि सन् २००५ बाट यसले विभिन्न राष्ट्रहरुसँग सम्झौता गर्न थालेको थियो । सबैभन्दा पहिलो सम्झौता अफ्रिकी राष्ट्र मदागस्करसित भएको होे । सन् २००५ को अप्रिल १८ मा मदागस्करसित सम्झौतामा हस्ताक्षर भएपछि सोही वर्ष थप पाँच राष्ट्रसँग सम्झौता भयो ।

तर, पहिलो गाँसमा ढुंगा भनेजस्तै मदागास्करमा एमसीसीले पूर्णता पाउन सकेन । सन् २००९ को मेमा त्यहाँ सैनिक ‘कु’ भएपछि अमेरिकाले परियोजना स्थगित गरेको थियो । यद्यपि, ११ करोड डलरको परियोजनाको अवधि समाप्त हुन एक वर्ष मात्रै बाँकी थियो ।

त्यसयता एमसीसी बीचमै रद्द भएको अर्को एक मात्र राष्ट्र माली हो । अफ्रिकी राष्ट्र मालीले सन् २००६ को नोभेम्बर १३ मा एमसीसी कम्प्याक्टमा हस्ताक्षर गरेको थियो । सन् २०१२ मा त्यहाँ सैनिक विद्रोहका कारण प्रजातान्त्रिक शासन व्यवस्था र कानूनी शासन भंग भएको ठहर गर्दै एमसीसीले हात झिकेको थियो ।

अहिलेसम्म विश्वभरका ४७ राष्ट्रमा एमसीसी परियोजना सम्पन्न भएका छन् । यस्तै, ११ वटा देशहरुमा परियोजना कार्यान्वयनका क्रममा छन् भने १३ वटा परियोजना विकासको चरणमा छन् । दुईवटा देशमा परियोजना सम्पन्न हुने चरणमा छन् । एमसीसीको उपस्थिति ४९ देशमा मात्रै भए पनि धेरै देशमा एकभन्दा बढी परियोजना सञ्चालनमा रहेकाले कुल संख्या बढि देखिएको हो ।

अफ्रिकाका २६ वटा देशले एमसीसीमा हस्ताक्षर गरेका छन् । त्यसपछि क्रमशः एसिया, यूरोप र ल्याटिन अमेरिकाका राष्ट्रहरु छन् । सबैभन्दा अन्तिमपटक एमसीसी कम्प्याक्ट अफ्रिकी राष्ट्र टोगोले पाएको छ । गत वर्षको १४ फेबु्रअरीमा भएको सम्झौता अनुसार टोगोले एमसीसीबाट ३५ करोड डलर अनुदान पाउनेछ ।

धेरै देशहरुले कृषि, शिक्षा, उर्जा, स्वास्थ्य, यातायात, खानेपानी, सरसफाई सम्वन्धि परियोजनामा अनुदान रकम खर्चेका छन् । खर्चको मोडल सबै देशहरुमा उस्तै हुने गर्छ ।

कुन देशलाई कति अनुदान ?

नेपालमा भन्दा फरक परिस्थिति श्रीलंकामा के छ भने त्यहाँको प्रतिपक्षी दल सम्झौताको समर्थनमा छैन । विपक्षी दलका नेता साजिथ प्रेमदासाले एमसीसीसितको विवादास्पद सम्झौता रद्द गर्नुपर्ने माग गरेका छन् । जनस्तरमा चाहिँ नेपालमा जस्तै विरोध र समर्थनको क्रम जारी छ ।

एमसीसीले अहिलेसम्ममा सबैभन्दा ठूलो अनुदान तान्जानियालाई दिएको छ । सन् २००८ मा भएको सम्झौताअनुसार सो अफ्रिकी राष्ट्रलाई ६९ करोड ८१ लाख ३६ हजार डलर अनुदान प्राप्त भएको हो । त्यहाँ परियोजना सम्पन्न भइसकेको छ । त्यसअघि एक करोड १२ लाख डलर थ्रेसहोल्ड रकम पनि उसले पाएको थियो ।

तान्जानीयापछि ठूलो अनुदान पाउनेमा मोरक्को र इन्डोनेसिया छन् । मोरक्कोले सन् २००७ मा भएको सम्झौता अनुसार ६९ करोड ७५ हजार डलर अनुदान पाएको थियो । त्यहाँ पनि परियोजना सफलरुपमा सम्पन्न भएको छ । मोरक्कोले सन् २०१५ मा फेरि एमसीसीसित अर्को परियोजनाका लागि सम्झौता गरेको छ, जुन कार्यान्वयनका क्रममा छ । यो परियोजना ४५ करोड डलरको हो । यस हिसाबले दुईपटकमा गरी एमसीसीबाट सबैभन्दा बढि पैसा मोरक्कोले लिएको छ ।

इन्डोनेसियाले चाहिँ सन् २०११ मा भएको सम्झौताबमोजिम ६० करोड डलर अनुदान पाएको छ । त्योभन्दा अघि उसले थ्रेसहोल्ड रकमका रुपमा साढे पाँच करोड लिएको थियो । इन्डोनेसियामा पनि परियोजना सफल भइसकेको छ ।

बढि अनुदान प्राप्त गर्ने राष्ट्रको सूचीमा नेपाल आठौं नम्बरमा छ । नेपालले ५० करोड डलर अनुदानका लागि सम्झौता गरेको हो । दक्षिण एसियाली राष्ट्र श्रीलंकाले नेपालभन्दा केही कम ४८ करोड डलर अनुदान पाएको छ ।

धेरै देशहरुले दोहोरो–तेहेरो अनुदान पनि पाएका छन् । एमसीसीले प्राय देशहरुलाई थ्रेसहोल्ड प्रोग्राम भनेर सुरुमा सानो रकमको कार्यक्रम दिन्छ । त्यो सफल भएमा एमसीसी कम्प्याक्ट प्रदान गरिन्छ । नेपालमा चाहिँ थ्रेसहोल्ड नदिई एकैपटक एमसीसी कम्प्याक्ट प्रदान गरिएको हो ।

एक पटकभन्दा बढि एमसीसी कम्प्याक्ट पाउनेमा इन्डोनेसिया, मंगोलिया, मोरक्को, सेनेगल लगायत राष्ट्रहरु छन् । यदि नेपालले पहिलो परियोजना समयमै सम्पन्न गरेमा भविष्यमा फेरि अर्को कम्प्याक्टसमेत पाउन सक्ने देखिन्छ ।

नेपाल र श्रीलंकाको समानता

दक्षिण एसियामा दुईवटा राष्ट्रले एमसीसी अनुदान पाएका छन् । पहिलो नेपाल र दोस्रो श्रीलंका । नेपालमा जस्तै श्रीलंकामा पनि यो अनुदानलाई लिएर विवाद झांगिएको छ ।

सन् २०१६ को डिसेम्बरमा श्रीलंका एमसीसी कम्प्याक्टका लागि छनोटमा परेको थियो । यो पाँच वर्षको परियोजनालाई गत २५ अप्रिलमा एमसीसी बोर्डले पारित गर्‍यो । यस कम्प्याक्टमा अनुदान राशी ४८ करोड डलर छ । यो रकम देशको मध्यक्षेत्रमा केन्द्रित रहेर यातायात तथा भूमि व्यवस्थापनमा खर्च गर्न लागिएको हो ।

श्रीलंकामा पनि एमसीसीलाई संसदले पारित गर्नुपर्ने भनिएको छ, जुन अहिलेसम्म भएको छैन । नेपालमा जस्तै त्यहाँ पनि यस परियोजनलाई संसदबाट पारित किन गर्नुपर्‍यो भनेर जनस्तरमा व्यापक बादविवाद भइरहेको छ । परियोजना अहिले कुन अवस्थामा छ भन्ने त्यहाँको सरकारले खुलाएको छैन । यतिसम्म कि श्रीलंकाले आफ्नो तर्फबाट एमसीसीमा कति पैसा हाल्दैछ भन्ने पनि गोप्य राखिएको छ ।

नेपालमा भन्दा फरक परिस्थिति श्रीलंकामा के छ भने त्यहाँको प्रतिपक्षी दल सम्झौताको समर्थनमा छैन । विपक्षी दलका नेता साजिथ प्रेमदासाले एमसीसीसितको विवादास्पद सम्झौता रद्द गर्नुपर्ने माग गरेका छन् । जनस्तरमा चाहिँ नेपालमा जस्तै विरोध र समर्थनको क्रम जारी छ ।

युनाइटेड नेसनल पार्टीको मन्त्रिपरिषदले चुनावभन्दा अगाडि एमसीसी पारित गरेको थियो । सो पार्टी चुनाव हारेर अहिले प्रतिपक्षमा छ । तर, आफ्नै पार्टीले पारित गरेको सम्झौताविरुद्ध उभिएका छन् साजिथ प्रेमदासा ।

नेपालमा पनि एमसीसी सम्झौता हुँदा नेपाली कांग्रेसको सरकार थियो । अहिले नेकपाको सरकारले यसलाई कार्यान्वयन गर्न खोज्दा कांग्रेसले साथ दिएको छ । यस हिसाबले हेर्दा श्रीलंकाको प्रतिपक्षी भन्दा नेपालको प्रतिपक्षीले जिम्मेवार व्यवहार देखाएको छ ।

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रतिपक्षी दलको विरोधप्रति आश्चर्य प्रकट गरेका छन् ।

उनले हालै भनेका छन्, ‘गत अक्टोबरमा उनीहरुकै मन्त्रीपरिषदले सबै विषयवस्तुमा नेगोसियसन गरेर एमसीसी पारित गरेको हो । अहिले आएर उनीहरु नै विरोधमा उभिनु आश्चर्यजनक छ ।’

विवाद बढेपछि नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले सम्झौताको अध्ययन गर्न पार्टीभित्रै समिति बनायो । श्रीलंकामा भने मन्त्रीपरिषदबाटै यस्तो समितिको गठन भएको छ । श्रीलंकाको समितिमा चारजना विज्ञहरु छन् । समितिलाई अध्ययनका लागि १५ फेबु्रअरीसम्मको समय दिइएको छ । समितिले सम्झौतको अध्ययनका साथसाथै यसबारे जनमत संकलनसमेत गरेको छ ।

समितिले प्रतिवेदन दिएपछि सरकारले त्यसका आधारमा निर्णय लिने राजापाक्षेले बताएका छन् । नेपालमा जस्तै श्रीलंकामा पनि मध्यमार्गी विचार राख्नेहरुले सम्झौताका केही बुँदामा संशोधन गर्नुपर्ने माग राखेका छन् । यसअघि एकाध घटनामा एमसीसी सम्झौतामा संशोधन गरिएका उदाहरण पनि छन्, तर यो त्यति सहज भने हुँदैन । अझ नेपालको कम्प्याक्टलाई त अमेरिकाको सिनेटले नै पारित गरिसकेको हुनाले संशोधन प्रक्रिया थप जटिल हुने जानकारहरु बताउँछन् ।

कुन देशमा के अवस्था ? (स्रोत : एमसीसी)

देश कार्यक्रम स्थिति रकम (डलरमा) हस्ताक्षर मिति
अल्बानिया (यूरोप) अल्बानिया थ्रेसहोल्ड प्रोग्राम अल्बानिया थ्रेसहोल्ड प्रोग्राम स्टेज २ सम्पन्न सम्पन्न १३,९००,००० १५,७३१,००० अपि्रल ४, २००६ सेप्टेम्बर २९, २००८
अर्मेनिया (एसिया) अर्मेनिया कम्प्याक्ट सम्पन्न २३५,६५०,००० मार्च २७, २००६
बेनिन (अफ्रिका) बेनिन कम्प्याक्ट बेनिन पावर कम्प्याक्ट सम्पन्न कार्यान्वयनमा ३०७,२९८,०४० ३७५,०००,००० फेबु्रअरी २२, २००६ सेप्टेम्बर ९, २०१५
बुर्किना फासो (अफ्रिका) बुर्किना फासो कम्प्याक्ट बुर्किना फासो थ्रेसहोल्ड प्रोग्राम सम्पन्न सम्पन्न ४८०,९४३,५६९ जुलाई १४, २००८ जुलाई २३, २००५
काबो भर्डे (अफ्रिका) काबो भर्डे कम्प्याक्ट काबो भर्डे कम्प्याक्ट २ सम्पन्न सम्पन्न ११०,०७८,४८८ ६६,२३०,००० जुलाई ५, २००५ फेब्रुअरी १०, २०१२
कोटे डि आइभोरी (ल्याटिन अमेरिका) कोटे डि आइभोरी कम्प्याक्ट कार्यान्वयनमा ५२४,७४०,००० नोभेम्बर ७, २०१७
एल साल्भाडोर (ल्याटिन अमेरिका) एल साल्भाडोर कम्प्याक्ट एल साल्भाडोर इन्भेष्टमेन्ट कम्प्याक्ट सम्पन्न कार्यान्वयनमा ४६०,९४०,००० २७७,०००,००० नोभेम्बर २९,२००६ सेप्टेम्बर ३०, २०१४
इथियोपिया अफ्रिका) इथियोपिया थ्रेसहोल्ड प्रोग्राम विकास चरण
जर्जिया (यूरोप, एसिया) ज्र्जिया कम्प्याक्ट ज्र्जिया कम्प्याक्ट २ सम्पन्न सम्पन्नतातर्फ ३९५,३००,००० १४०,०००,००० सेप्टेम्बर १३, २००५ जुलाई २६, २०१३
घाना (अफ्रिका) घाना कम्प्याक्ट घाना पावर कम्प्याक्ट सम्पन्न कार्यान्वयनमा ५४७,००९,००० ४९८,२००,००० अगष्ट १, २००६ अगष्ट ६, २०१४
ग्वाटेमाला (ल्याटिन अमेरिका) ग्वाटेमाला थ्रेसहोल्ड प्रोग्राम कार्यान्वयनमा २८,०००,००० अप्रिल ८, २०१५
गुयाना (ल्याटिन अमेरिका) गुयाना थ्रेसहोल्ड प्रोग्राम सम्पन्न ६,७११,००० अगष्ट, २४, २००७
होन्डुरस (ल्याटिन अमेरिका) होन्डुरस कम्प्याक्ट होन्डुरस थे्रेसहोल्ड प्रोग्राम सम्पन्न सम्पन्नतातर्फ २०५,०००,००० १५,६५०,००० जून १४, २००४ अगष्ट २८, २०१३
इन्डोनेसिया (एसिया) इन्डोनेसिया कम्प्याक्ट इन्डोनेसिया प्रपोज्ड कम्प्याक्ट इन्डोनेसिया थ्रेसहोल्ड प्रोग्राम सम्पन्न विकास चरण सम्पन्न ६००,०००,००० नोभेम्बर १९, २०११ – अक्टोबर २६,२००६
जोर्डन (एसिया) जोर्डन कम्प्याक्ट जोर्डन थ्रेसहोल्ड प्रोग्राम सम्पन्न सम्पन्न २७५,१००,००० २५,०००,००० अक्टोबर २५ २०१०
केन्या अफ्रिका) केन्या प्रपोज्ड थ्रेसहोल्ड प्रोग्राम केन्या थ्रेसहोल्ड प्रोग्राम विकास चरण सम्पन्न  १२,७००,००० – मार्च २३, २००७
कोसोभो (यूरोप) कोसोभो प्रपोज्ड कम्प्याक्ट कोसोभो थे्रसहोल्ड प्रोग्राम विकास चरण कार्यान्वयनमा  ४९,०००,००० – सेप्टेम्बर १२, २०१७
किर्गिज रिपब्लिक (एसिया) किर्गिज रिपब्लिक थ्रेसहोल्ड प्रोग्राम सम्पन्न १५,९९४,००० मार्च १४, २००८
लेसोथो (अफ्रिका) लेसोथो कम्प्याक्ट लेसोथो प्रपोज्ड कम्प्याक्ट सम्पन्न विकास चरण ३६२,५५१,००० जुलाई २३, २००७ –
लाइबेरिया (अफ्रिका) लाइबेरिया कम्प्याक्ट लाइबेरिया थ्रेसहोल्ड प्रोग्राम कार्यान्वयनमा सम्पन्न २५६,७२६,००० १५,०७३,००० अक्टोबर २, २०१५ जुलाई ७, २०१०
मादागस्कर (अफ्रिका) मादागस्कर कम्प्याक्ट रद्द भएको १०९,७७३,००० अपि्रल १८, २००५
मालावी (अफ्रिका) मालावी कम्प्याक्ट मालावी प्रपोज्ड कम्प्याक्ट मालावी थ्रेसहोल्ड प्रोग्राम सम्पन्न विकास चरण सम्पन्न ३५०,७००,००० – २०,९२०,००० अपि्रल ७, २०११ – सेप्टेम्बर २४, २००५
माली (अफ्रिका) माली कम्प्याक्ट रद्द भएको ४६०,८११,१६४ नोभेम्बर १३, २००६
माल्दोभा (यूरोप) माल्दोभा कम्प्याक्ट माल्दोभा थ्रेसहोल्ड प्रोग्राम सन्पन्न सम्पन्न २६२,०००,००० २४,७००,००० जनवरी २२, २०१० डिसेम्बर १६, २००६
मंगोलिया (एसिया) मंगोलिया कम्प्याक्ट मंगोलिया वाटर कम्प्याक्ट सम्पन्न हस्ताक्षरित २८४,९११,००० ३५०,०००,००० अक्टोबर २२, २००७ जुलाई २७, २०१८
मोरक्को (अफ्रिका) मोरक्को कम्प्याक्ट मोरक्को इम्प्लौइबिलिटी एन्ड ल्यान्ड कम्प्याक्ट सम्पन्न कार्यान्वयनमा ६९७,५००,००० ४५०,०००,००० अगष्ट ३१, २००७ नोभेम्बर ३०, २०१५
मोजाम्बिक (अफ्रिका) मोजाम्बिक कम्प्याक्ट मोजाम्बिक प्रपोज्ड कम्प्याक्ट सम्पन्न विकास चरण ५०६,९२४,०५३ ( जुलाई १३, २००७ –
नामिबिया (अफ्रिका) नामिबिया कम्प्याक्ट सम्पन्न ३०४,४७७,८१५ जुलाई २८, २००८
नेपाल (एसिया) नेपाल कम्प्याक्ट हस्ताक्षरित ५००,०००,००० सेप्टेम्बर १४, २०१७
निकारागुआ (ल्याटिन अमेरिका) निकारागुआ कम्प्याक्ट सम्पन्न ११३,५००,००० जुलाई १५, २००५
नाइजर (अफ्रिका) नाइजर कम्प्याक्ट नाइगर थ्रेसहोल्ड प्रोग्राम कार्यान्वयनमा सम्पन्न ४३७,०२४,००० १६,८९८,००० जुलाई १९, २०१६ मार्च १८, २००८
पाराग्वे (ल्याटिन अमेरिका) पाराग्वे थ्रेसहोल्ड प्रोग्राम पाराग्वे थ्रेसहोल्ड प्रोग्राम स्टेज २ सम्पन्न सम्पन्न ३४,६४५,०९२ ३०,३००,००० – अप्रिल १४, २००९
पेरु (ल्याटिन अमेरिका) पेरु थ्रेसहोल्ड प्रोग्राम सम्पन्न ३५,५८५,००० जून १०, २००८

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment