Comments Add Comment

रसिदको रेकर्ड बिर्सनुस्, म नै नम्बर वान हुँ !

काठमाडौं । ग्लोबल स्टारको छवी बनाइसकेका नेपाली युवा स्पीनर सन्दीप लामिछानेले एसोसिएटमा आफू नम्वर वान बलर भएको प्रतिक्रिया दिएका छन् ।

आईसीसी क्रिकेट वर्ल्डकप लिग २ को त्रिकोणात्मक सिरिजमा बुधबार नेपालले अमेरिकालाई ८ विकेटले हराउँदा सन्दीप एक्लैले ६ विकेट लिएका थिए ।

यससँगै उनी ओडीआईमा ६ विकेट लिने एसोसिएट राष्ट्रका दोस्रो खेलाडी बनेका छन् । पहिलो नम्बरमा अफगानिस्तारनका स्पीनर रसिद खान छन् । रसिदले सन् २०१७ जुनमा वेष्ट इन्डिजविरुद्ध ओडीआईमा ८.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ७ विकेट लिएका थिए ।

यो प्रदर्शनबारे सोधिएको प्रश्नमा सन्दीपले हाँस्दै भने, उनी अब टेष्ट प्लेअर हुन्, त्यसलाई बिर्सनुस् । अब (एसोसिएटमा) म नै नम्बर वान हुँ ।’

साथै उनले सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पर्दा खुसी लागेको बताए । यद्यपि आफ्ना लागि महत्वपूर्ण टिमको जित भएको सन्दीपले बताए ।

यसअघि सोमपाल कामीले गतवर्ष युएईविरुद्ध एकै खेलमा ५ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment