Comments Add Comment

मन्त्री अर्यालको प्रश्न : बालुवाटार प्रकरणमा एक्सन हुँदा किन उफ्रिरहेका छन् ?

१ फागुन, पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटार जग्गा प्रकरणको छानविन र कारवाही प्रक्रिया सुशासनको पाइला भएको बताएकी छन् ।

सहकारी विभागले गण्डकी प्रदेशका स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रबर्द्धन विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले बालुवाटार प्रकरण मुलुकमा सुशासन कायम गर्ने पाइला भएको बताइन् ।

‘मुलुकमा सुशासन कायम गर्ने प्रभावकारी पाइला हो बालुवाटार प्रकरण । सरकारले अहिले प्रक्रिया अगाडि बढाएको छ’, मन्त्री अर्यालले भनिन्, ‘यसबारेमा धेरैले निकै प्रश्न गरे । २ पटक मैले संसदमा जवाफ दिए । अहिले बालुवाटारका जग्गामाथि अख्तियारबाट एक्सन हुँदा केही उफ्रिरहेका छन् किन ?’

मन्त्री अर्यालले बालुवाटारको जग्गा सरकारी भएको र सरकारी नै बनाएर छाड्ने बताइन् । बालुवाटार मात्र नभएर देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याइने बताउदै मन्त्री अर्यालले २६४ विघा सरकारी जग्गा कानुनी रुपमै फिर्ता गरिसकेको जानकारी दिइन् ।

त्यस्तै १३ विघा फिर्ताको अन्तिम तयारीमा रहेको भन्दै उनले ४६७ विघा जमिन सरकारकै नाममा फर्काउने गरी प्रस्ताव गरेर प्रक्रिया अगाडि सारिसकेको मन्त्री अर्यालले बताइन् ।

जमिन संरक्षणको अभियान चलाइरहँदा जोसुकै परेपनि परोस् भनेर सरकार अगाडि बढेको उनको भनाइ थियो ।

मन्त्रालयले देशभरका सरकारी तथा सार्वजनिक जमिनको प्रोफाइल तयार गर्न लागेको भन्दै उनले सरकारी जग्गाको संरक्षण गर्ने कार्यमा लाग्न स्थानीय तहका जनप्रतिनिधिको ध्यानाकर्षण गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment