Comments Add Comment

प्रहरी प्रधान कार्यालयमा नयाँ आईजीपीको स्वागत, हेर्नुस् ८ तस्वीर

२९ माघ, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कार्यभार सम्हालेका छन् । बुधबारबाट उनले प्रहरीको नेतृत्व सम्हालेका हुन् ।

गृहसचिव महेश्वर न्यौपानले बुधबार बिहान दर्ज्यानी चिन्ह लगाइदिएपछि उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा स्वागत गरिएको थियो । स्वागतका लागि प्रहरी प्रधान कार्यालयले एक सातअघिबाटै तयारी थालेको थियो ।

स्वागतमा नेपाल प्रहरीका उच्च अधिकृतहरु सहभागी थिए । यसअघि गृहमन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले आफ्नो कार्यकालमा प्रहरीलाई गृह प्रशासन मातहतको उत्कृष्ट एवं नमूना संगठन बनाउने उद्घोष गरेका थिए ।

उनले पदीय चुनौतिलाई अवसरमा बदल्ने बताएका छन् । गृह सचिव न्यौपानेले भने संगठनमा व्यक्ति केन्द्रीत दौडाह बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले महानिरीक्षकमा बढुवा गरेको थियो । मंगलबार साँझ उनले निवर्तमान आईजीपी सर्वेन्द्र खनालसहितका अधिकृतलाई विदाइ गरेका थिए ।

खनालको विदाइलाई समकालीन तीन एआईजी र केही डीआईजीले भने बहिस्कार गरे ।

यो पनि पढ्नुहोस झिम्रुकको पानी खाएका आईजीपी : ‘लो प्रोफाइल’का भाग्यमानी !

हेर्नुहोस् तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment