+
+
Shares

बसको ठक्करबाट नायिका महिमा र उनकी बहिनीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १ गते ९:०४

१ फागुन, काठमाडौं । नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको बसको ठक्करबाट मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका-२, चाम्बासमा बुधबार साँझ बससँग ठोक्किएर स्कुटरमा सवार सिलवाल दिदी–बहिनीको मृत्यु भएको हो ।

महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हाे ।

चितवनको भरतपुर महानगरपालिका-१३, गीतानगर स्थायी ठेगाना भएका उनीहरु  बुधबार साँझ दुर्घटनामा  परेका थिए । प्रहरीका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ पौने ६ बजे ठोक्किएका थिए ।

बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?