+

प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता १५ पुसदेखि

२०८३ साउन  २८ गते १७:३६ २०८३ साउन २८ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद्ले आगामी पुस १५ गतेदेखि प्रथम पारा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।
  • राखेप सदस्य सचिव रामचरित्र मेहताले दशौं राष्ट्रिय खेलकुद सम्पन्न भएको १५ दिनपछि पारा प्रतियोगिता सुरु हुने जानकारी दिनुभयो।
  • कर्णाली प्रदेशमा मंसिर १६ देखि २९ गतेसम्म दशौं राष्ट्रिय खेलकुद सञ्चालन हुने गरी मिति तय गरिएको छ।

२८ साउन, काठमाडौं । प्रथम पारा राष्ट्रिय प्रतियोगिता पुस १५ गतेबाट हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद सकिएको १५ दिनपछि प्रथम पारा राष्ट्रिय प्रतियोगिता गर्ने निर्णय भएको राखेप सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए ।

पारा राष्ट्रिय प्रतियोगिताका लागि यसअघि पनि तय गरिएतापनि हालसम्म हुन सकेको छैन ।

पटकपटक स्थगित हुँदै आएको दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ सम्म कर्णाली प्रदेशमा हुने तयसमेत भएको छ ।

पारा राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय