+

खेलकुदमन्त्री पोखरेल भन्छन्ः एन्फा निलम्बन छिट्टै फुकुवा हुने आशा गर्न सकिन्छ

२०८३ साउन  २८ गते १७:५४ २०८३ साउन २८ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघको निलम्बन फुकुवाका लागि सकारात्मक पहल भइरहेको बताउनुभयो ।
  • राष्ट्रिय खेलकुद परिषद्को बैठकमा मन्त्री पोखरेलले फिफासँग निरन्तर संवाद भइरहेको जानकारी दिनुभयो ।
  • सरकार अहिले फिफाको जवाफको प्रतीक्षामा रहेको स्रोतले जनाएको छ ।

२८ साउन, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन फुकुवाका लागि सकारात्मक पहल भइरहेको बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड बैठकमा मन्त्री पोखरेलले फिफासँग निरन्तर संवाद भइरहेको जानकारी दिएका हुन् ।

‘हाम्रो सहकार्य भइराखेको छ । छलफल भइराखेको छ । एक खालको मेलहरु आदानप्रदान भइराखेको छ । छलफल सकारात्मक छ । निलम्बन फुकुवा हुनेमा आसा गर्न सकिन्छ,’ मन्त्री पोखरेललाई उद्धृत गर्दै एक सदस्यले भने ।

एन्फाको विषय बैठकको एजेन्डा राखिएपनि कुनै निर्णय भने भएन ।

स्रोतकाअनुसार सरकार फिफाको जवाफ कुरिरहेको छ । ‘हाम्रोतर्फबाट टुंग्याएका छौं । अहिले फिफाको जवाफ कुरिरहेका छौं । फिफाको जवाफ आएपछि सरकार अगाडि बढ्छ,’ स्रोतले भन्यो ।

एन्फा निलम्बन खेलकुदमन्त्री सस्मित पोखरेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय