+
+
Shares

सरकारका प्रवक्ता भन्छन् : सरकारको काम नराम्रो देख्ने आँखा चाहिँ नराम्रा !

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १ गते २१:४६

१ फागुन, काठमाडौं । सरकारले एउटा पनि नराम्रो काम नगरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा सरकारका २ वर्षका राम्रा कामबारे सोधिएको थियो । जवाफमा उनले भने, ‘नराम्रा काम एउटा पनि गरेको छैन । जति गरियो राम्रै राम्रा । नराम्रो देख्ने आँखा चाहिँ नराम्रा । राम्रो कुरा नदेखाइदिने, नराम्रो मात्र लेख्ने हातहरुबारे पनि म कहिले बाँकी प्रश्न गर्छु नि ।’

प्रधानमन्त्रीले खास सम्बोधन गर्ने र सरकारले २ वर्षमा गरेका कामबारे बताउने उनले सुनाए । भोलि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

सरकारका प्रवक्ता बास्कोटाले विभिन्न सूचकांकहरुमा नेपालको अवस्था सुधार भएको सुनाए ।

विधिको शासन बलियो भएको, भ्रष्टाचार घटेको, शान्ति सुरक्षाको अवस्था राम्रो भएको, सुखी नेपाली, समृद्धि नेपाली कार्यक्रमको नजजिता देखिन थालेको बताए । जनताको जीवनस्तरमा सुधार आएको तर त्यो सरकारले सोचे जस्तो नभएको उनले बताए । डेमोक्रेसी इन्डेक्समा समेत नेपालको स्थान सुधार आएको भन्दै मन्त्री बास्कोटाले भने, अधिनायकवादको हौवाले हावा खायो ।’

जयनगर विजलपुरा रेल यही वर्ष गुड्ने, पूर्वपश्चिम रेलमार्गको अध्ययन भइसकेको तथा काठमाडौं केरुङ रेलको प्रारम्भीक अध्ययन भइसकेको, पानी जहाजको कार्यालय खोलिएको भन्दै उनले भने, ‘३ हजारभन्दा बढी सडक कालोपत्रे भएको छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?