
१ फागुन, बुटवल । बुटवलमा एकै दिन तीन हजार जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ ।
बुटवल उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखाले दिएको जानकारी अनुसार बिहीबार तीन हजार सात सय जना बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाइएको हो । साथै तीन हजार आठ सय जनालाई पोलियो थोपा खुवाइएको महाशाखाले जनाएको छ । पहिलो दिनको अभियानमा नै उत्साहजनक सहभागिता देखिएको महाशाखाले जनाएको छ ।
रुपन्देहीमा तीन चरणमा १ लाख ९ हजार ७ सय ९९ जना बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउने तथा एक लाख ३० हजारलाई पोलियो थोपा खुवाउने लक्ष्य छ ।
बुटवलका प्रमुख शिवराज सुवेदीले बुटवल वडा नं. ११ देवीनगरस्थित नवीन माविमा रहेको केन्द्रमा खोपको सामग्री हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका थिए ।
बुटवलमा सुरु भएको यो अभियानमा ४० जना तालिम प्राप्त स्वास्थ्यकर्मी खटिएका छन् । उनीहरुसँगै ३० जना स्वास्थ्य स्वयमसेविका र टोल विकास संस्थाका सदस्यहरुले सहकार्य गरेको स्वास्थ्य शाखाका कर्मचारी गीता पाण्डेयले जानकारी दिइन् ।
फागुन १ देखि ९ गतेसम्म जिल्लाका सात पालिका, फागुन १३ देखि १७ गते एक नगरपालिका र फागुन १६ देखि २४ गतेसम्म आठ पालिकाका ८१४ खोप केन्द्रमा पोलियो थोपा खुवाइने तथा खोप लगाउने कार्यक्रम छ ।
त्यसका लागि ९२८ कर्मचारी र एक हजार ६२८ स्वयंसेवक परिचालन भएको स्वास्थय कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।
प्रतिक्रिया 4