Comments Add Comment

गुगल म्यापको भर पर्दा भयो धोका, होटल खोज्दा हिमनदीमा

काठमाडौं । अहिले स्मार्टफोन चलाउनेहरूका लागि गुगल सबै समस्याको समाधानको माध्यम जस्तै बनेको छ । यदि कुनै ठाउँमा जानु छ वा बाटो पत्ता लगाउनु छ भने दिमागमा सबैभन्दा पहिले गुगल म्याप्सको सम्झना आउँछ ।

गुगल म्याप्स प्रयोगकर्तालाई आफ्नो गन्तव्यमा पुग्ने सबैभन्दा सजिलो र छोटो बाटो देखाइदिने स्मार्ट माध्यम हो । चाहे तपाईं गाडी चलाइरहनुभएको होस् वा पैदलै हिँड्नुभएको होस् गुगलले तपाईं गन्तव्यमा पुग्ने बाटो देखाइदिन्छ । अपरिचित सहरमा आफूले खोजेको ठाउँ वा बाटो पत्ता लगाउनका लागि हातमा नक्सा बोकेर खोज्दै हिँड्ने चलन गइसक्यो । यसका लागि गुगल म्यापको भर पर्नेहरू धेरै हुन्छन् । तर कहिलेकाहीँ गुगल म्यापको भर पर्नु निकै हानिकारक हुँदो रहेछ र ठूलो समस्यामा परिँदो रहेछ ।

हालै अमेरिकामा एकजना व्यक्ति यस्तै समस्यामा परेका छन् । आफू गुगल म्यापले देखाएको बाटो हुँदै हिँड्दा हिउँ जमेको नदीमा खसेको उनले बताएका छन् ।

जब उनी जमेको नदीमा फसेका थिए त्यतिबेला रातको ३ बजेको थियो । उनलाई सहयोग गर्नका लागि आसपासमा कोही पनि थिएनन् । धन्न भाग्यबस उद्धारकर्मीहरूले उनको उद्धार गरे ।

autoevolution वेबसाइटका अनुसार मिनिपोलिस सहरमा आएका एक व्यक्ति आफू बस्ने होटलमा जानु थियो तर उनलाई होटल जाने बाटो थाहा थिएन । त्यसपछि उनले उक्त होटलको ठेगाना हालेर गुगल म्यापमा देखिएको बाटो पछ्याउँदै हिँडे ।

गुगलले देखाएको बाटोबाट हिँड्दै जाँदै गर्दा उनको बाटो चिसोका कारण जमेको मिसिसिपी नदी हुँदै जानुपर्ने थियो । जमेको नदी माथिबाट हिँड्दै गर्दा अचानक हिउँ भासियो र उनको आधा जिउ पानीमा डुब्यो । मध्यरातमा जमेको नदीमा खसेपछि उनले दमकल विभागलाई फोन गरेर गुहार मागे । त्यसपछि उद्धारकर्मीहरूले उनको ज्यान जोगाउन सफल भए ।

गुगल म्यापले पुलको बाटो देखाउनुको साटो हिउँ जमेको नदीबाटै गलत बाटो देखाउँदा ती व्यक्ति नदीमाथि बाटै हिँडेको र त्यहीँ क्रममा फसेको हुनसक्ने बताइएको छ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment