Comments Add Comment

साम्राज्ञी–देवांशदेखि सलिनमान–अस्प्रिनासम्म, जो प्रेममा छन्

चलचित्रको पर्दामा केही अनुहार यस्ता हुन्छन्, जसलाई दर्शकले खुबै रुचाउँछन् । दर्शक ती कलाकारको प्रेम वास्तविक जीवनमा पनि होस् भन्ने चाहना राख्छन् । तर, चलचित्रको पर्दामा देखिने सबै जोडी वास्तविक जीवनका जोडी भने हुँदैनन् ।

तर, चलचित्रको पर्दामा देखिने दर्शकका प्रिय कलाकार वास्तविक जीवनमा आफ्नो प्रिय मानिससँग भने जोडिएका छन् । सबै कलाकारले जीवनमा प्रिय मानिस पाएका छन् भन्न त सकिदैन । तर, चलचित्र क्षेत्रका यस्ता केही जोडी छन्, जो प्रेमको यात्रामा मख्ख छन् ।

प्रेम दिवसको अवसरमा हामीले यहाँ, कलाकारको प्रेम चर्चा गर्दैछौः

१. साम्राज्ञी–देवांशः नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम यात्रा पनि चर्चामा छ । चलचित्र क्षेत्रमा लाग्दा उनको नाम मयंक खड्कासँग जोडिएको थियो । तर, मयंकसँग साम्राज्ञीको ब्रेकअप भयो । यसको केही समयमा नै उनको नाम देवांश जंगबहादुर राणासँग जोडियो । उनीहरुले प्रेम सम्बन्ध सार्वजनिक गर्न खासै समय लगाएनन् । बरु, बाली घुम्न जाँदा सार्वजनिक भएका केही तस्वीरले भने उनीहरुलाई विवादमा ल्यायो । अहिले सामं्राज्ञी र देवांशको प्रेम खुल्ला किताव जस्तै छ । उनीहरु, सार्वजनिक कार्यक्रममा पनि एकसाथ देखिन्छन् । साम्राज्ञी अहिले चलचित्रको काममा व्यस्त छैनन् । बरु, उनले आफ्ना प्रेमी र घर परिवारसँग बढी समय बिताइरहेकी छिन् ।

२. आयुष्मान–प्रियंकाः यो महिनाको फागुण १५ गते बिहे गर्ने तयारीमा लागेका नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की पनि प्रेमको डुङ्गामा शयर गरिरहेका छन् । उसो त प्रियंका र आयुष्मानको इन्गेजमेन्ट पनि भैसकेको छ । यी दुइको प्रेम ‘कथा काठमाण्डु’को छायांकन सेटबाट सुरु भएको थियो । उनीहरुका कतिपय तस्वीर विवादित बने त कतिपय तस्वीर मिडियाको हेडलाइन्समा रहे । तर, पनि यी दुइको प्रेममा कुनै खालको असमझदारी आएको छैन ।

३. आँचल–उदिपः नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठ करिब १ बर्षदेखि प्रेम सम्बन्धमा छन् । उदिपलाई गतबर्षको दशैंमा भेटेपछि नजिक भएकी आँचल अब केही दिनमै उदिपको जीवनसाथी पनि बन्दैछिन् । भेट भएको केही समयपछि नै आँचल र उदिपले प्रेम सम्बन्धलाई सार्वजनिक गरेका थिए । यसपछि भने यो जोडी सार्वजनिक कार्यक्रममा पनि एकसाथ देखिन थालेको छ । यी दुइले फागुणको २९ गते बिहे गर्दैछन् ।

४. सलिनमान–अस्प्रिनाः नायक सलिमान बनियाँ र अस्प्रिना केही बर्षदेखि प्रेममा छन् । २ बर्ष अघि सलिनमानले अस्प्रिनाको जन्मदिनमा प्रेम सम्बन्ध सार्वजनिक गरेका थिए । यसपछि भने सलिनमान र अस्प्रिना आफ्नो प्रेमको यात्रामा निरन्तर छन् । यी दुइको प्रेम यति प्रगाढ छ कि, सलिनमानले उनलाई ‘मेरी बुढु’ भनेर समेत सम्बोधन गर्छन् ।

५. बेनिशा–रौनकः नायिका बेनिशा हमाल र निर्माता रौनक विक्रम कँडेल केही समयदेखि प्रेम सम्बन्धमा छन् । बेनिशा र रौनकले सार्वजनिक रुपमै प्रेम स्विकार गरेका त छैनन् । तर, उनीहरु केही समयदेखि प्रेमको तलाउमा पौडिरहेका छन् । रौनक चलचित्र ‘कबड्डी र कबड्डी कबड्डी’का निर्माता हुन् ।

६. नम्रता–दावाः नायिका नम्रता श्रेष्ठ र व्यापारी दाव स्टेफिनको प्रेम सम्बन्ध लामो समयदेखि चलिरहेको छ । उसो त, नायिका श्रेष्ठको करिअरमा प्रेमका चर्चा खुबै भए । तर, दावासँग जोडिएपछि नम्रताको प्रेम यात्रा सुखद बनिरहेको छ । नम्रता र दावा सार्वजनिक कार्यक्रममा पुग्छन्, एक अर्कालाई साथ पनि दिन्छन् । यी दुइले बिहे गर्ने बिषयमा अहिलेसम्म मुख खोलेका छैनन् ।

यी बाहेक अन्य केही नायक–नायिका पनि प्रेममा त जोडिएका छन् । तर, कतिपयले प्रेम खुलेयाम सार्वजनिक गरेका छन् भने कतिपय सार्वजनिक गर्न हिच्किचाइरहेका छन् । नायिका केकी अधिकारी र गायक आर्जन पाण्डेको प्रेम चर्चा चलचित्र बजारमा खुबै चल्छ । तर, दुबैले औपचारिक रुपमा प्रेम सार्वजनिक गरेका छैनन् ।

यस्तै, नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको पनि प्रेम रहेको चर्चा चलेपनि यी दुइले यो सम्बन्धलाई मित्रताको रुपमा व्याख्या गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment