Comments Add Comment

लिग सकिने अघिल्लो दिन यस्तो देखियो एन्फा कम्प्लेक्समा खेल

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७६ सकिन अब एक दिन र एक खेल बाँकी छ ।

त्यसअघि शुक्रबार सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्स दाेस्राे अन्तिम दिन ३ खेल भयाे । पहिलाे खेलमा हिमालयन शेर्पाले एनआरटीमाथि २-१ काे पुनरागमन जित हात पार्‍यो ।

यस्तै ललितपुरे डर्बीकाे दाेस्राे खेलमा थ्री स्टारले च्यासफ युथ क्लबलाई २-० ले हरायाे । तेस्राे खेलमा सावसक विजेता मनाङले जावलाखेललाई १-० ले पराजित गर्दै लिगमा सुखद अन्त्य गरेकाे छ ।

लिगकाे अन्तिम खेलमा शनिबार त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्नेछन् । यही खेलबाट विजेताकाे टुङ्गाे लाग्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment