+
+
Shares

राष्ट्रियसभा सदस्य उपाध्यायको निधन

टोपराज शर्मा टोपराज शर्मा
२०७६ फागुन २ गते ११:२५

२ फागुन, बुटवल । रुपन्देही घर भएका राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंं. १० निवासी उपाध्यायको ५० वर्षको उमेरमा क्यान्सर रोगका कारण शुक्रबार बिहान निधन भएको हो ।

उपाध्याय २०७४ मा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए । क्यान्सर रोगबाट पीडित उपाध्यायको आज बिहान ७ बजेतिर आफ्नै निवासमा मृत्यु भएको सोही क्षेत्रका कांग्रेस सांसद फखरुद्दिन खानले जानकारी दिए ।

उपाध्यायको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । २०२६ सालमा जन्मिएका उपाध्याय २०४६ सालको जनआन्दोलनकका बेलादेखि नेपाली कांग्रेसमा आवद्ध भएर राजनीति शुरु गरेका थिए ।

२०५४ सालमा साविकको मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित उनी २ पटक कांग्रेस रुपन्देही क्षेत्र नंं ५ को क्षेत्रीय सभापति र त्यसयता महाधिवेशन प्रतिनिधि थिए ।

उपाध्यायका एक श्रीमती, तीन छोरा र दुई छोरी छन् । उपाध्यायको लुम्बिनीमै अन्त्येष्टी गरिने सांसद खानले जानकारी दिए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?