Comments Add Comment

बनेपामा जिपको ठक्करबाट असईको मृत्यु

२ फागुन, काठमाडौं । काभ्रेको बनेपामा जिपको ठक्करबाट एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

बनेपा नगरपालिका-१३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो ।

भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

नवलपरासी घर भएका २४ वर्षका असई गुरुङ चार वर्षदेखि काभ्रेमा कार्यरत थिए ।

काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले बाटो काट्ने क्रममा जिपको ठक्करले असई गुरुङको मृत्‍यु भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment