Comments Add Comment

मुनाको मृत्युको कारण घाँटीमा कसिएको डोरी

२ फागुन, काठमाडौं । आफ्नै घरमा हत्या गरिएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको मृत्यु घाँटीमा कसिएको डोरीको कारण भएको खुलेको छ ।

शुक्रबार आएको शवपरीक्षण प्रतिवेदनको नतिजाअनुसार उनको मृत्यु घाँटीमा बाँधिएको डोरीका कारण भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घरमा काम गर्ने युवक विजय चौधरीले पिर्काले हानेर मारेको देखिएको थियो । तर पिर्काले हानेर घाइते मात्र भएको र पछि डोरीले घाँटी कसेर मारेको पोस्टमार्टम रिपोर्टबाट खुलेको एक प्रहरी अधिकृतले बताएका छन् ।

त्यस्तै चौधरीको मृत्यु पनि घाँटीको नली चुँडिएर भएको देखिएको छ । शव परीक्षण प्रतिवेदनअनुसार उनको आत्महत्या नै भएको प्रहरीका अधिकारीको भनाइ छ ।

पूर्वसचिव कार्की पत्नी मुना र घरमा काम गर्ने युवकको पोस्टमार्टम रिपोर्ट आएको र अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले बताए ।

यो पनि पढ्नुहोस आत्महत्याअघि कामदारले किन गरे मुनाको हत्या ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment