+
+
Shares

मुलुकको अर्थतन्त्र सही ट्र्याकमा अगाडि बढ्दैछ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते १९:२६

२ फागुन, विराटनगर । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सही ट्र्याकमा अगाडि बढिरहेको बताएका छन् । देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रहेको भन्दै उनले देशको अर्थतन्त्र सही ‘ट्रयाक’ मा अगाडि बढेको बताए ।

उनले संघीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय संघीयताका विषयमा देखिएका अस्पष्टता ‘क्लियर’ भई कार्यान्वयन हुन थालेको उल्लेख गरे ।

‘विराट एक्स्पो २०७६’ (कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनी)को शुक्रबार विराटनगरमा उद्घाटन गदै अर्थमन्त्री खतिवडाले अहिलेको स्थिर सरकारले विकासको लागि गर्नुपर्ने कामको जग बसाल्ने कामको सुरुवाती गरी सकेकाले निजी क्षेत्रलाई उत्साहित बनाउन अब सरकार लाग्ने बताए ।

उनले निजी क्षेत्रले गरेको लगानी अनुसार लाभप्राप्त गर्ने गरी सरकारले आवश्यक वातावरण तयार पार्ने प्रतिबद्धता जनाए।

अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको ६ महिनामा विदेशी लगानीकर्ताले जलविद्युत, हावई पूर्वाधारको क्षेत्रमा मात्र २ खर्ब भन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाइ सकेको उल्लेख गरे ।

उनले उक्त क्षेत्रमा लगानी गर्न उद्योगहरुको मात्र ३० अर्ब भन्दा बढी प्रतिबद्धता आइसकेको र यो अवधिमा पहिलाको भन्दा झण्डै चार गुणाले लागनी बढेको दाबी गरे ।

अर्थमन्त्री खतिवडाले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास रहेपनि अझै विद्युत नियमिति नहुने, बैंकको व्याजदर बढने भन्ने लगायतका आशंका रहेकाले त्यो आशंका सरकारले हटाउने बताए ।

‘तपाईंहरु उत्साहित भएर लगानी गर्नुहोस्,’ अर्थमन्त्री खतिवडाले उद्योगी व्यावसायीलाई आश्वस्त पादै भने, ‘तपाईहरुको लगानी अनुसारको लाभ प्राप्त गर्ने वातावरण अब सरकाले मिलाइ दिन्छ, त्यसका लागि तयार हुनुहोस् ।’

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले संघीयताको कारण उद्योगी व्यावासयीलाई दोहोरो तेहेरो करको मारमा पर्नु परेको गुनासो गरे ।

उनले सरकारले संघीयताले बढाएको खर्च धान्न निजी क्षेत्रलाई करको भार थप्ने कामले उद्योगी व्यावसायी पलायन हुने अवस्था आएको बताए । उनले अब कर बढाउने भन्दा पनि करको दायारा बढाउन सरकारलाई सुझाव दिए ।

विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले उत्पादक र उपभोक्तालाई जोड्ने पुलको काम गर्ने तथा औद्योगिक उत्पादन, प्रविधि प्रवर्द्धन र कृषिको व्यावसायिक उत्पादनमा जोड दिन एक्स्पोको आयोजना गरिएको जानकारी दिए । जसमा २ करोड खर्च गरेर २ करोड नै नाफा कमाउने लक्ष्य राखिएको छ ।

उनले एक्स्पोमा जुम्लाको स्याउ, मार्सी चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, सप्तरीको पेडा, झापाको सुपारीका टपरी, इलामको ललिपप, अर्गा्निक चिया, किबि, संखुवासभाको अल्लो, कृषि यन्त्रहरू, बैंक तथा वित्तीय संस्थाका सेवामूलक उद्योगहरूको छुट्टै पेभेलियन एक्स्पोको मुख्य आकर्षण रहेको बताए ।

नेपालका प्रतिष्ठित उद्योग/व्यवसायका दैनिक उपभोग्य वस्तु तथा उत्पादनहरू, सूचना प्रविधि, गार्मेन्टस तथा जुत्ता चप्पलहरू, इलोक्ट्रोनिक्स तथा इलेक्ट्रिकका सामानहरूको छुट्टै पेभेलियनका साथै भारत, पाकिस्तान र बंगलादेशका गार्मेन्ट, किचन सामग्री तथा औद्योगिक उत्पादनहरूको स्टलका साथै अटोमोबाइल्सको अलग्गै परिसरको व्यवस्थासहित एक्स्पोमा कुल ३ सय ४० वटा स्टल रहेका छन् ।

यसका अतिरिक्त हेलिकप्टरबाट विराटनगर अवलोकन, पाथिभरा दर्शन, हात्तीको सवारी र बालबालिकाका लागि फनपार्कका साथै अस्ट्रिचसहित ६० प्रजातिका लोपोन्मुख चराहरू राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?