+

मछिन्द्रले राम्रो खेल्यो, हाम्रो रणनीति सफल भएन : आर्मी प्रशिक्षक

२०७६ फागुन  ३ गते १७:१८ २०७६ फागुन ३ गते १७:१८
मछिन्द्रले राम्रो खेल्यो, हाम्रो रणनीति सफल भएन : आर्मी प्रशिक्षक

३ फागुन, काठमाडौं । शनिबार ए डिभिजन लिगको उपाधिका लागि भएको खेलमा पराजित भएपछि त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले आर्मीका लागि ठूलो अवसर गुमेको बताएका छन् । उनले मछिन्द्र क्लबले सोचेभन्दा राम्रो खेलेको र आर्मीले बनाएका रणनीतिहरु सफल नहुँदा उपाधि गुमेको प्रतिक्रिया दिएका छन् ।

खेलपछि पत्रकारहरुसँग कुरा गर्दै न्यौपानेले ‘फाइनल’ सोचेअनुरुप नभएको बताए । ‘खेलाडीहरु आज अलि बढी प्रेसरमा खेले, सरस्वती क्लबसँगको खेलजस्तै भयो,’ उनले भने,’धेरै अवसर पनि पाएनौं, अन्तिम-अन्तिममा पाएको अवसर पनि खेर गयो ।’

उनले विकेश कुथु घाइते भएर मैदान छाडेपछि पनि टिममाथी दबाव आएको बताए । तर, उनको स्थानमा आएका विवस चौधरीले अपेक्षाभन्दा उत्कृष्ट खेलेको न्यौपानेको भनाइ छ ।

पुरै बल लगाउँदा लगाउँदै पनि खेल गमाउनुपर्दा दुःख लागेको बताए । विपक्षीको पोष्टमा आक्रमण बढाउने योजना भएपनि खासै ‘क्रसिङ’ नआउँदा खेलमा सोचेजस्तो नतिजा नआएको उनको विश्लेषण छ ।

‘खेलाडीका रुपमा ४ वटा लिग जितेको थिएँ, प्रशिक्षकका रुपमा पनि लिग जित्ने सपना यो वर्ष अधुरै रह्यो,’ उनले भने,’टिमलाई पनि यो पटक उपाधि दिलाउने योजना पुरा हुन पाएन, अर्को सिजना अझ सुधारिएको खेल खेल्छौं ।’

उनले यो सिजन आर्मीका लागि राम्रो भएको भन्दै खेलाडीहरुको प्रदर्शनको प्रशंसा गरे ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय