Comments Add Comment

कस्तो छ ‘लभ डायरीज’को २ दिने व्यापार ?

शुक्रबारदेखि सोलो रुपमा रिलिज भएको चलचित्र ‘लभ डायरीज’ले २ दिनमा सुखद व्यापार गरेको यसको निर्माणपक्षले बताएको छ । चलचित्रका निर्देशक सौरभ चौधरीका अनुसार, शुक्रबार र शनिबार चलचित्रले उत्कृष्ट व्यापार गरेको छ । उनले भने–‘मल्टिप्लेक्स र सिंगल हलमा नै दर्शकले चलचित्रलाई रुचाउनुभएको छ । शुक्रबार र शनिबार दर्शकको चाप हलमा राम्रो देखिएको छ ।’

शुक्रबार र शनिबार चलचित्रका कलाकार तथा निर्माण टिम विभिन्न हलमा पुगेको थियो । काठमाण्डौका गोपीकृष्ण, अष्टनारायण, कुमारी, सिभिल लगायतका हलमा यसको टिम पुग्दा दर्शकले चलचित्र उत्कृष्ट लागेको प्रतिक्रिया दिए ।

चलचित्रमा सुशिल श्रेष्ठ र रुविना थापाको मुख्य भूमिका छ । १ प्रतिशत पनि दर्शकले चलचित्र नराम्रो भनेर प्रतिक्रिया नदिएको भन्दै निर्देशक सौरभ चौधरीले खुशी व्यक्त गरे । वर्ड अफ माउथका कारण पनि चलचित्रले आगामी दिनमा राम्रो व्यापार गर्ने आशा उनको छ ।

लामो समयदेखि नायक सुशिल श्रेष्ठको चलचित्रले दर्शक तान्न नसकिरहेको अवस्थामा यो चलचित्रले उनलाई केही हदसम्म राहत दिएको छ । यो चलचित्रकी नायिका रुविना थापाको कामको प्रशंसा दर्शक तथा चलचित्रकर्मीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment