४ फागुन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा ‘नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६’ सम्पन्न भएको छ।
खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा भएको बास्केटलबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो। क्वेस्ट इनटरनेसनल कलेज प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ साइपाल कलेज प्रथम भयो भने दोस्रोमा रिलायन्स इन्टरनेसनल एकेडेमी भयो।
शुक्रबार भएको खेलमा पुरुष तर्फ प्रथममा सीसीआरसी कलेज र दोस्रोमा ओमेगा कलेज भएका थिए। बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक श्रीमती लिसा शेरचनले पुरस्कार वितरण गरिन्।
बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको छ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4