Comments Add Comment

फ्रान्सको स्वास्थ्य सेवा, जहाँ नागरिकले उपचारको चिन्ता लिनुपर्दैन

हामीकहाँ उपचार सेवा अत्यान्तै जटिल र खर्चालु छ । उन्नत उपचार र अस्पताल हुनेखानेको पहुँचमा मात्र छ । सर्वसाधरणलाई रोग लागेमा भिख माग्नुपर्ने अवस्था छ ।

निजी अस्पतालले त घरबार नै सिध्याइदिन्छ । त्यसैले रोग लागेपछि सर्वसाधरण ऋणमा डुब्छन्, घरबार सक्छन् र सडकमा भिख माग्न थाल्छन् । यति हुँदाहुँदै पनि हाम्रो उपचार प्रणाली र प्रविधि विश्वसनिय छैन ।

तर, विश्वमा यस्ता पनि मुलुक छन्, जहाँ उपचारका लागि नागरिकले निश्चिन्त भए हुन्छ । ति मुलुकका उपचार सेवा भरपर्दो, विश्वसनिय मात्र होइन सुलभ र सहज पनि छ । त्यसमाथि राज्यले नै नागरिकका स्वास्थ्य उपचारमा प्रत्यक्ष चासो एवं सरोकार राख्छ ।

राष्ट्रसंघले आफ्नो छाता भित्र रहेका कूल १९१ मुलुकहरुमध्ये स्वास्थ्य सेवाको हिसाबले उत्कृष्ठ मानेको मुलुक हो, फ्रान्स । फ्रान्सको स्वास्थ्य सेवा प्रणाली सार्वजनिक अस्पताल, निजी अस्पताल, डाक्टरहरू र अन्य चिकित्सा सेवा प्रदायकहरूको पूर्ण एकीकृत नेटवर्क मिलेर बनेको छ । यो एक सार्वभौमिक सेवा हो, जसमा प्रत्येक नागरिकलाई धन, उमेर वा सामाजिक स्थितिको वास्ता नगरी स्वास्थ्य सेवा प्रदान गर्ने गरिन्छ ।

फ्रान्सेली स्वास्थ्य सेवा प्रणालीको सबैभन्दा राम्रो पक्ष भनेको स्वास्थ्य सेवा कोषको व्यवस्था हो । यो कोष हरेक फ्रान्सेली नागरिकहरुको पारिश्रमिकबाट अनिवार्य करमार्फत् संकलन गर्ने गरिन्छ । यसरी संकलन हुनेमा स्वरोजगार, रोजगारदाता र सामान्य काम गरेर जिविकोपार्जन गर्नेहरु समेत हुन्छन् । उनीहरुबाट निश्चित कर उठाइन्छ । त्यसरी उठेको रकममा केन्द्र सरकारको केही लगानीबाट सो कोष सञ्चालनमा आएको हुन्छ ।

पछिल्ला वर्षहरुमा फ्रान्समा आर्थिक कठिनाइहरु लगायतको कारणले यो व्यवस्थाले सन् २०१९ मा पहिले जस्तो राम्रोसँग काम गरिरहेको छैन । अस्पतालका कर्मचारीहरू राम्रो तलब र सेवा सुविधाको लागि लागि हडतालमा उत्रिएपछि पछिल्लो समय त्यहाँको स्वास्थ्य सेवामा केही समस्या आएको छ ।

यूरोपीय अवस्थालाई आधार मान्दा फ्रान्सेली स्वास्थ्य सेवा प्रणालीले फ्रान्सको जीडीपीमा ठूलो योगदान दिएको छ । जीडीपीको १०.९ प्रतिशत रकम स्वास्थ्य सेवा प्रणालीले समेटेको छ । यो अवस्था युरोपियन युनियन अन्तर्गत्का मुलुकहरुको तुलनामा सबैभन्दा धेरै हो । फ्रान्सको जत्ति नै जर्मनीको पनि स्वास्थ्यको योगदान जीडीपीमा छ ।

फ्रान्सको प्राथमिक स्वास्थ्य सेवा

फ्रान्सको प्राथमिक स्वास्थ्य सेवामा २३,००० सामान्य जीपीहरूको नेटवर्क रहेको छ । त्यसमध्ये अधिकतर स्वास्थ्य सेवाग्राहीहरु स्व-रोजगार छन् । उनीहरु आफ्नै काममा व्यस्त हुन्छन् । उनीहरुले सामूहिक रुपमा स्वास्थ्य सेवामा समय खर्चिन्छन् । नागरिकहरू जुनसुकै जीपीलाई पनि छान्नको लागि स्वतन्त्र छन् । फ्रान्सेलीहरुले निजी जीपीको रुपमा जोकोहीलाई पनि छान्न सकिन्छ । नागरिकहरूले एउटा जीपीसँग उपचार गराएर अर्काे जीपीसँग परामर्श लिन पनि सक्छन् । तर, उनीहरूले दर्ता गराएको निजी जीपीहरुले मात्र बिरामीलाई विशेषज्ञ सेवा दिन सक्छन् ।

धेरै जसो अवस्थाहरूमा, बिरामीले कुनै पनि सामान्य जीपीसँग स्वास्थ्य सेवा लिनको लागि ˆल्याट दर शुल्कको रुपमा स्थानीय मुद्रा अनुसार २५युरो तिर्नुपर्छ । तर, कुनैपनि बिरामीको अवस्था अनुसार जीपीहरुले घरमै गएर सेवा दिनुपर्‍यो भने त्यसको लागि ६ युरोसम्म भाडा तिर्नुपर्छ । त्यो पनि ठाउँ अनुसारको हुन्छ । यसरी खर्च गरिएको पैसा राज्यद्वारा सञ्चालित स्वास्थ्य बीमा प्रदायक कम्पनीहरुले क्षतिपूर्ति स्वरुप दिनेछन् । जीपीहरुलाई घरमा नै बोलाउँदा लाग्ने खर्चको विषयमा भने बिरामीहरु अशक्त भएको अवस्थामा मात्रै क्षतिपूर्ति दिने गरिन्छ ।

वस्तुतः फ्रान्सका सबै जीपीहरु सरकारी योजनामा बाँधिएका हुन्छन् । अर्थात् उनीहरूले राष्ट्रिय स्वास्थ्य बीमा योजनाको साथ राष्ट्रिय स्वास्थ्य सेवाको रूपरेखामा सरकारले तोकेको सेवा निशुल्क वा सशुल्क प्रदान गर्ने सम्बन्धी एउटा सम्झौतामा हस्ताक्षर गरेका हुन्छन् ।

विशेषज्ञ स्वास्थ्य र बिरामीको हेरचाह

फ्रान्सभरका शहरहरुमा रहेका चिकित्सा स्वास्थ्यका सबै शाखाहरुमा हजारौं विशेषज्ञहरुद्वारा विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्ने गरिन्छ । विशेषज्ञहरूले जीपीहरूको तुलनामा अधिक शुल्क लिन्छन् । तर, फेरि राष्ट्रिय स्वास्थ्य सेवासँग सहमत हुने वा त्यो योजनामा हस्ताक्षर गर्नेहरुको भने स्पष्ट शुल्क तोकिएको हुन्छ । विशेषज्ञहरूको ठूलो संख्याले अतिरिक्त शुल्कहरु लागू गर्ने गर्छन् । जुन आधिकारिक दरहरूभन्दा उच्च हुन्छ । यस्तो अवस्थामा, बिरामीहरूलाई या त मानक दर अनुसार प्रतिपूर्ति गरिन्छ या त्योभन्दा धेरै ।

नागरिकहरूले आफूले चाहेको कुनै पनि विशेषज्ञलाई उनीहरूको जीपीले सिफारिश नगरी पनि आफ्नो स्वास्थ्य परीक्षण गराउन सक्छन् । तर, जीपीको सिफारिस बिना नै विशेषज्ञ चिकित्सकहरुलाई उपचार गराउन जाँदाभने बिमा बापतको क्षतिपूर्ति दिइँदैन । यसको लागि मुख्य अपवादको रुपमा दाँत सम्बन्धी उपचार गर्ने जीपीहरूको लागि दन्तचिकित्सा स्वास्थ्य सेवामा समेटिएको छ । तर, यसको आˆनै शुल्क र क्षतिपूर्ति दरहरू छुट्टै रहेको छ ।

औषधि

जीपी एवं विशेषज्ञहरूले औषधि र अन्य परामर्शदात्री उत्पादनहरू जे लेख्छन् त्यसपछि फार्मेसीबाट बिरामीले सोही औषधि लिनुपर्छ । फार्मेसीहरूमा चिकित्सकीय सेवामा जस्तै भुक्तानी र फिर्ताको सिद्धान्त लागु हुन्छ । तर, यसमा पनि केही फरक भने छ । जबकि डाक्टरहरुसँग उपचार गराउँदा तत्कालै बिरामीले सबै रकम तिर्छ र पछि फिर्ता गर्छ । तर, फार्मेसीमा भने बिरामीले पाउने छुटको प्रतिशत घटाएर मात्रै उनीहरुलाई स्वास्थ्योपचार गरिन्छ ।

फ्रान्समा दुई किमिसको अस्पतालहरु रहेका छन् । एउटा सरकारी स्वामित्वको अस्पताल हुन्छ भने अर्काे निजी स्वामित्वमा सञ्चालित हुन्छ । यसरी फ्रान्समा नियमित रुपमा स्वास्थ्य सेवाहरु उपलब्ध हुने गरेको पाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment