+
+
Shares

‘झिँगेदाउ २’ को ट्रेलर : पारिवारिक मेलमिलाप र नोकझोंकको मर्मस्पर्शी कथा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदर्शनको तयारीमा रहेको फिल्म ‘झिँगेदाउ २’को ट्रेलर सार्वजनिक भएको छ, जसमा कथावस्तु र केन्द्रीय द्वन्द्वको संक्षिप्त संकेत गरिएको छ।
  • निर्देशक ज्ञानेन्द्र देउजाले ट्रेलरपछि दर्शकबाट उत्साहजनक प्रतिक्रिया आएको र सामाजिक सञ्जालमा चासो बढेको बताउनुभयो।
  • कपनगढी सिनेमा प्रालि र फिल्म क्रू नेपाल प्रालिको निर्माणमा बनेको ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘झिँगेदाउ २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त संकेत गरेको छ ।

ट्रेलरमा दाजुभाइ तथा देउरानी-जेठानीबीचको द्वन्द्व, आमाको ममता, सन्तानको प्रेम र आमाको खोजीलाई प्रस्तुत गरिएको छ । निर्देशक ज्ञानेन्द्र देउजाले ट्रेलर सार्वजनिक भएपछि दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको बताए ।

देउजाका अनुसार फिल्मको पहिलो झलक सार्वजनिक भएदेखि नै दर्शकको चासो बढेको थियो भने तीज गीत सार्वजनिक भएपछि उत्साह थपिएको छ । टिकटक, युट्युबलगायत सामाजिक सञ्जालमा देखिएको भ्युज, सेयर र पोस्टिङले फिल्मप्रति दर्शकको चासो देखाएको उनको भनाइ छ ।

ट्रेलर सार्वजनिक गर्नुअघि भने आफूहरू केही दबाबमा रहेको देउजाले बताए । ‘झिँगेदाउ १’ प्रति दर्शकको हाइप बढिरहेका बेला दोस्रो फिल्मको ट्रेलरले त्यसलाई कायम राख्न सक्ला कि नसक्ला भन्ने चुनौती रहेको उनको भनाइ छ । तर, ट्रेलर सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेपछि आफू उत्साहित भएको उनले बताए ।

देउजाले भने, ‘ट्रेलर सार्वजनिक गरेको १०-१५ मिनेटदेखि नै दर्शकको राम्रो प्रतिक्रिया आउन थाल्यो । यसले फिल्मप्रतिको उत्साह र जिज्ञासा बढाएको महसुस भएको छ । ‘झिँगेदाउ २’ प्रति दर्शकको चासो र प्रतीक्षाले हामीलाई अझै आशावादी बनाएको छ ।’

फिल्म प्रदर्शनका लागि केही दिन मात्रै बाँकी रहेकाले पर्याप्त समय प्रचारप्रसार गर्न नपाएकोमा भने उनले दुःख व्यक्त गरे । पछिल्लो समयको विपद्का कारण प्रचारका लागि सीमित समय पाएको बताउँदै देउजाले अब दर्शक मनोरञ्जनतर्फ फर्किने आशा व्यक्त गरे ।

‘झिँगेदाउ २’ले दर्शकलाई मनोरञ्जन दिनुका साथै दुःख भुल्न र कठिन परिस्थितिबाट अघि बढ्न सहयोग गर्ने उनको विश्वास छ । दर्शकले फिल्मलाई माया गर्नेमा आफू आशावादी रहेको उनले बताए ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रू नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई देउजाले निर्देशन गरेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सहनिर्माता छन् ।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्ममा मित्र गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन छ । फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल र बसुन्धरा भुसाललगायत कलाकारको अभिनय छ ।

‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?