News Summary
Generated by OK AI. Editorially reviewed.- ज्ञानेन्द्र देउजाले निर्देशित फिल्म ‘झिँगेदाउ २’ ले नेपाल यातायातसँग सम्झौता गरेर ८० सिट कभरमा प्रचार सामग्री राखेको छ ।
- सिट कभरमा राखिएको एउटा क्यूआरबाट टिजर र अर्को क्यूआरबाट क्यूएफएक्स चेनका हलमा टिकट काट्न सकिने व्यवस्था गरिएको छ ।
- निर्माताले शुक्रबार फिल्मको तीज सन्दर्भको गीत सार्वजनिक गर्नेछन्, र फिल्म २ असोजदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘झिँगेदाउ २’ लाई यतिबेला प्रवर्धनको चटारो छ । प्रदर्शनका लागि २ साता बाँकी रहँदा यो फिल्मले दर्शकमाझ पुग्ने भिन्न शैली अपनाइरहेको छ ।
जसका लागि ज्ञानेन्द्र देउजा निर्देशित फिल्मले नेपाल यातायातसँग सम्झौता गरेको छ । गाडीको ८० वटा सिटको कभरमा फिल्मको प्रचार सामग्री राखिएको छ ।
यतिमात्र होइन, सिट कभरका दुईवटा क्यूआर कोड राखिएको छ । जसमा एउटा क्यूआरबाट दर्शकले फिल्मको टिजर हेर्न सक्नेछन् भने अर्को क्यूआरबाट क्यूएफएक्स चेनका हलमा टिकट काट्न सक्नेछन् ।
निर्देशक देउजाले पहिलोपटक घरेलु फिल्ममा प्रवर्धनको यस्तो उपाय आत्मसात गरिएको बताए । निर्माताले शुक्रबार फिल्मको तीज सन्दर्भको गीत सार्वजनिक गर्दैछन् ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रू नेपाल प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ । यो फिल्म २ असोजदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4