News Summary
Generated by OK AI. Editorially reviewed.- असोज २ गते रिलिज हुने फिल्म ‘झिँगेदाउ २’ को तीज लक्षित ‘जेठानी भर्सेस देउरानी’ गीत ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ।
- सार्वजनिक ७ मिनेट लामो गीतमा केकी अधिकारी र आँचल शर्माबीचको झगडा देखाइएको छ, जसमा बाबुल गिरीको शब्द र संगीत छ।
- फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी, तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजाको सहनिर्माण छ।
काठमाडौं । असोजको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’ को तीज लक्षित गीत सार्वजनिक भएको छ । ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत आज ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।
७ मिनेट लामो गीतमा फिल्मका मुख्य दुई पात्रबीचको झगडा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत, एलिना चौहान र रचना रिमालको स्वर छ ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार केकी अधिकारी र आँचल शर्माको झगडा प्रस्तुत गरिएको छ । फिल्ममा केकी जेठानी र आँचल देउरानीको भूमिकामा छिन् ।
गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।
रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह-निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्ममा मित्र गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ ।
फिल्ममा महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसालको पनि अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ ।
प्रतिक्रिया 4