+
+
Shares

पूर्वशिक्षकद्वारा विद्यालयलाई कोठा उपहार

रासस रासस
२०७६ फागुन ५ गते १३:३८

५ फागुन, वालिङ । वालिङ–८ घ्याङलिङमा रहेको अमिलिथुम आधारभूत विद्यालयलाई पूर्वशिक्षक ठाकुरप्रसाद बगालेले उपहारस्वरुप एककोठे पक्की भवन निर्माण गरी हस्तान्तरण गरेका छन् ।

‘मैले ३४ वर्ष आठ महिना अमिलिथुम आधारभूत विद्यालयमा अध्यापन गरेँ’, पूर्वशिक्षक बगालेले भने, ‘सेवाबाट अवकाश भएर जाँदै गर्दा विद्यालयमा केही चिनारी छोडौँ भन्ने मनमा भाव पलायो, त्यसैले भवन निर्माण गरेको हुँ ।’

आफूले अध्यापन गर्दाको समयमा विद्यालयमा भवनको अभाव भएको महसुस गरी विद्यालय प्रशासनसँग छलफल गरी सो भवन निर्माण गरेको पूर्वशिक्षक बगालेले बताए । पूर्वशिक्षक बगालेले भने, ‘यसको लागत कति भो भनेर मैले यकिन गरेको छैन ।

पूर्वशिक्षक बगालेले विद्यालयलाई भवन बनाई दिएर ठूलो सहयोग गरेका विद्यालयका प्रधानाध्यापक टीकाराम अर्यालले बताए । प्रअ अर्यालले भने, ‘अहिले पठनपाठनमा सहज भएको छ ।’ विसं २०१७ मा स्थापना भएको सामुदायिक विद्यालय अमिलिथुम आधारभूत विद्यालयमा १–५ कक्षा सञ्चालनमा छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?