Comments Add Comment

मन्त्री फुँयालले लिए शपथ

५ फागुन, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

फुँयाललाई प्रदेश प्रमुख बिष्णु प्रसाईंलेले शपथ खुवाएका हुन् । फुँयालले सपथ आजै लिए पनि पदभारग्रहण मंगलबार गर्ने तय भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले फुँयाललाई सोमबार मन्त्री नियुक्त गरेका थिए ।

यसअघिका मन्त्री केशव स्थापित बर्खास्त भएपछि रिक्त रहेको मन्त्रालयमा मुख्यमन्त्री पौडेलले फुँयाललाई नियुक्त गरेका हुन् ।

बागमती प्रदेश स‌ंसदका नेकपाका प्रुमुख सचेतकसमेत रहेका  फुँयाल प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट नेता हुन् ।

यसअघि संविधानसभा सदस्यसमेत भइसकेका फुँयाल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment