Comments Add Comment

‘मेरो खल्ती, मेरो पहिलो डस्टबिन’

६ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले फोहोर व्यवस्थापनमा नौलो नारा अघि सारेको छ । नगरपालिकाले ‘मेरो खल्ती नै मेरो पहिलो डष्टबिन’ नारा ल्याएको हो ।

नगरपालिकालाई खुला प्लास्टिकमुक्त क्षेत्र र पूर्ण सरसफाइयुक्त बनाउने अभियानमा जुटेको नगरपालिकाले त्यसलाई व्यवहारमा बदल्न खल्तीलाई पहिलो डस्टबिन बनाउने अवधारणा ल्याएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

आजभोलि तिलोत्तमाका विद्यालय, सार्वजनिक स्थानमा ‘माई पकेट माई फष्ट डष्टबिन’ लेखिएका बोर्ड, ब्यानर देखिन्छन् । पोलिथिनजन्य वस्तु प्रयोग गरेपछि डष्टबिन नभेट्दासम्म आफ्नै खल्तीमा राख्ने र डष्टबिन भेट्टएिपछि त्यहाँ विसर्जन गर्ने बानीको विकास गर्न ‘माई पकेट, माई फष्ट डष्टबिन’ नारा अघि सारिएको घिमिरे बताउँछन् ।

घिमिरेले भने, ‘नगरभित्रका ८५ वटा विद्यालयका २० हजार बढी विद्यार्थीमार्फत् यो सन्देश घर-घरमा पुर्‍याइएका छौं ।’

स्कुले विद्यार्थीलाई ‘माई पकेट, माई फष्ट डष्टबिन’को बारेमा बुझाउन कक्षा ५ सम्मको स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समेटिएको पाठ्यक्रम निर्माणको नेतृत्व गरेका शिक्षाविद् दामोदर भुसालले बताए ।

तिलोत्तमाले तीन महिनाको अवधिमा नगरपालिकाभित्र वर्षौंदेखि फालिएका करिब ४० हजार बोरा पोलिथिनजन्य फोहोर संकलन गरिसकेको छ । नगरका १७ मध्ये ८ वटा वडा खुला पोलिथिनमुक्त भइसकेको नगर प्रमुख बताउँछन् ।

फोहोर प्लास्टिकलाई संकलन गरेर प्रशोधन गरी त्यसबाट आयआर्जन गर्न नगरपालिकाको सहकार्यमा सरसफाई सहकारी संस्थाले नगरपालिकाको वडा नंं. ८ मा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment