+
+
Shares

यसरी मनाइयो जापानमा नाङ्गो पर्व (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते १२:००

जापानको होन्सु टापुमा शनिवार सयौँ मानिसहरु नेकेड फेस्टिबल अर्थात् नग्न पर्वमा सहभागी भए ।

चिसो मौसमलाई चुनौती दिँदै मानिसहरु हरेक वर्ष फेब्रुअरीको तेश्रो शनिबार मनाइने हादाका मात्सुरी नामक पर्वमा सहभागी भएका हुन् । स्थानीय साइदाजी कान्नोनिन मन्दिर परिसरमा यो पर्व मनाइन्छ।

उक्त पर्वमा भाग लिने पुरुषहरुले केवल लंगौटी र सेतो मोजा मात्र लगाएका हुन्छन् । पुरुषले लगाउने लंगौटीलाई जापानी भाषामा फुन्डोसी भनिन्छ ।

हादाका मात्सुरीलाई कृषिको पर्व मानिन्छ । यो पर्वले युवा पुस्तामा कृषि पेशाप्रति आकर्षण पैदा गर्ने विश्वास गरिन्छ ।

उक्त पर्वमा सहभागी पुरुषहरु सुरुमा मन्दिर बाहिरको मैदामा दौडिन्छन् र अन्त्यमा मुख्य मन्दिर तर्फ अघि बढ्दछन् । त्यसपछि सहभागीहरु बीचमा लौरो भेट्टाउने प्रतिस्पर्धा हुन्छ ।

मन्दिरका पुजारीले फ्याँकेका दुईवटा लौरो तथा स-साना झिँजाहरु हात पार्नका उनीहरु तछाडमछाड गर्दछन् । यी लट्ठी तथा झिँजाहरुलाई भाग्यको प्रतिक मानिन्छ ।

लौरो तथा झिँजाहरु प्राप्त गर्ने लडाइँमा कतिपय पुरुषहरु घाइते पनि हुन्छन् । यो मेलामा जापानमात्र नभै अन्य देशका मानिसहरु पनि सहभागी हुने गरेका छन् । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?