+
+
Shares

सैन्य अभ्यास र मौसमले अधिकांश आन्तरिक उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते १६:४०

६ फागुन, काठमाडौं । मंगलबार त्रिभुवन विमानस्थलको अधिकांश आन्तरिक उडानहरु प्रभावित भएका छन् । त्रिभुवन विमानस्थलको उड्डयन कार्यालयका अनुसार मौसम र सैन्य अभ्यासका कारण मंगलबार तय भएका धेरै आन्तरिक उडानको तालिका प्रभावित भएको छ ।

विमानस्थल कार्यालयका प्रवक्ता चन्द्रलाल कर्णका अनुसार बिहीबारै महाशिवरात्रीको लागि सेनाको अभ्यास (रिहर्सल)ले पनि २ घण्टा विमानस्थलमा ‘नोटाम’ जारी भएको गरिएको थियो ।

‘सेना दिवशको कार्यक्रमको अभ्यासका लागि लागि पौने २ देखि पौने ४ सम्म नोटाम लागेको थियो,’ कर्णले भने,’मौसम खराब भएकाले आज भिजिबिलिटी कम भएर पनि समस्या भयो ।’

उनले त्रिभुवन विमानस्थल स्रोत विमानस्थल भएकाले यहाँ समस्या हुने बित्तिकै देशभरकै आन्तरिक उडान प्रभावित हुनु स्वभाविक भएको बताए । ‘कति उडान प्रभावित भए भन्ने बेलुका मात्रै थाहा हुन्छ,’  कर्णले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?