+
+

‘८३’मा रणवीर र दीपिकाको यस्तो गेटअप

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ७ गते १२:१८

नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण चलचित्र ‘८३’मा एकसाथ देखिदैछन् । यो चलचित्र क्रिकेटरको कथामा आधारित छ । क्रिकेटर कपिल देवको बायोपिक कथामा तयार भएको चलचित्रमा रणवीर शिर्ष भूमिकामा देखिएका छन् ।

यस्तै, नायिका दीपिका पादुकोणले चलचित्रमा कपिल देवकी श्रीमतीको भूमिका निर्वाहा गरेकी छिन् । यसैविच, चलचित्र रिलिज हुन करिब डेढ महिना बाँकी रहँदा यसको निर्माणपक्षले रणवीर र दीपिकाको लुक्स सार्वजनिक गरेको छ ।

दीपिका चलचित्रमा रोमी देवको भूमिकामा छिन् । नायिका दीपिका पादुकोणले यो चलचित्रमा आफ्नो छोटो तर महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेकी छिन् । उनले, खेलकुदको कथामा बनेको एउटा अविस्मरणिय चलचित्रको रुपमा ‘८३’लाई उल्लेख गरेकी छिन् ।

निर्देशक कविर खानले पनि यो भूमिकाका लागि आफूले दीपिकालाई नै सोचेको बताएका छन् । यो चलचित्र अप्रिल १० मा विश्वभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?