+
+
Shares

प्रजातन्त्र दिवसमा छुटे बबरमहल बमकाण्डका दोषी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ७ गते २०:५८

७ फागुन, काठमाडौं । बबरमहल बमकाण्डका दोषी बुद्धिबहादुर गोले जेलमुक्त भएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोलेको कैद मिनाहा गरिदिएकी हुन् ।

कैद मिनाहाको सुविधा पाएपछि बुधबार दिउँसो केन्द्रीय कारागारले उनलाई छाडेको छ ।

प्रजातन्त्र दिवसको अवसरमा सरकारले हरेक वर्ष कैदीको सजाय मिनाहा गर्दै आएको छ । यो वर्ष गोलेसहित ३ सय २९ जना छुटेका छन् ।

गोले १५ फागुन २०६८ मा बबरमहलमा तीन जनाको मृत्यु हुने गरी भएको विष्फोटका दोषी हुन् । घटनामा धादिङका २२ वर्षीय कृष्णबहादुर तामाङ, ७० वर्षीय मनबहादुर तामाङ र वीरबहादुर तामाङको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?