
७ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाइ सेवा यात्रुमैत्री बन्नुपर्ने बताएका छन् ।
बुधबार हवाइ नीति २०७६ को मस्यौदा बुझ्दै मन्त्री भट्टराईले नीतिमा उपभोक्ताको अधिकारलाई पहिलो प्राथमिकता दिइएको उल्लेख गरे । तर, त्यसको साटो अराजकता र उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गरिने उल्लेख गरे ।
हवाइ नीतिले अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई सम्वोधन गरेको उल्लेख गर्दै मन्त्री भट्टराईले नीतिलाई छिट्टै मन्त्रिपरिषद लैजाने जानकारी दिए ।
निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिइएको भन्दै उनले हवाइ सुरक्षामा कुनै सम्झौता नगर्ने उल्लेख गरे । हवाई क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा स्थापित गरिने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4