काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग २०७६ को उद्घाटन खेलमा ब्वाइज युनियन र श्रि कुमारी क्लब भिड्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले यही फागुन ११ गतेदेखि हुने बी डिभिजन लिगको खेल तालिका बुधबार सार्वजनिक गरेको हो ।
जसअनुसार ब्वाइज युनियन र श्री कुमारी पहिलो खेलमा खेल्नेछन् । खेल दिउँसो साढे १२ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । यस्तै ११ गते नै श्री भगवती र बाँसबारी क्लबबीच दिउँसो साढे ३ बजे दोस्रो खेल हुनेछ ।
चैत २३ गतेसम्म सञ्चालन हुने लिगमा कूल १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा कूल ६६ खेल हुनेछ । विजेता एक टिम ए डिभिजन लिगमा बढुवा हुनेछ ।
फागुन ३ गते सम्पन्न ए डिभिजन लिगबाट एक टिम मात्र बी डिभिजनमा घटुवा भएकोल बी डिभिजनको विजेता अर्को सिजनको ए डिभिजन लिगमा बढुवा हुनेछ ।
गत वर्ष भएको लिगमा बी डिभिजनको विजेता बनेको आरसिटीले यस पटक पनि बी डिभिजन नै खेल्दैछ । गत वर्ष एन्फाले ए डिभिजन लिग रेलिगेसन बिना नै गरेको बी डिभिजन जितेको आरसिटी पनि बी डिभिजनमै रहेको थियो ।
प्रतिक्रिया 4