Comments Add Comment

प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गर्ने वडाध्यक्षलाई कारबाहीको माग

८ फागुन, वीरगञ्ज । विन्दबासिनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारलाई दुर्व्यवहार गर्ने वडाध्यक्षलाई कारबाही गर्न कर्मचारीले माग गरेका छन् ।

गाउँपालिकामा कार्यरत कर्मचरीहरुले सार्वजनिक अपराध मुद्दा दर्ता गरी वडाध्यक्ष सुकदेव राउत अहिरलाई कारबाही गर्न माग गरेका हुन् ।

बुधबार वडानम्बर ५ का अध्यक्ष अहिरले गाउँपालिकाको कार्यालयमै निमित्त प्रमुख प्रशासकीय अधिकृत रौनियारलाई गाली गलौज गर्दैर् कुटपिट गर्ने र ज्यान मार्ने धम्कीसमेत दिएको दाबी उनीहरुको छ ।

गाउँपालिकाको लेटर प्याडमा अहिरमाथि सार्वजनिक अपराध मुद्दा दर्ता गरी हदैसम्मको कारबाहीको माग गर्दै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई बुझाएको निवेदनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रौनियारसहित गाउँपालिकामा कार्यरत २० जना कर्मचारीले हस्ताक्षर गरेका छन् ।

निवेदन बुझ्दै सहायक प्रजिअ बस्नेतले नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएका छन् । ‘मुद्दा प्रक्रियामा जान त जाहेरी दिनुपर्ने हुन्छ, उहाँहरुले कारबाहीको माग गर्दै निवेदन दिनुभएको छ,’ उनले भने, ‘मैले लिखित रुपमा र टेलिफोनमार्फत नियम अनुसार कारबाही प्रक्रिया अघि बढाउन भनेको छु ।’

गाउँपालिका उपाध्यक्ष किरणदेवी गुप्तासहितको एउटा समूहले निमित्त प्रशासकीय अधिकृतले मनोमानी गरे भनेर समेत गुनासो लिएर प्रशासनमा आएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment