Comments Add Comment

बुटवललाई लैंगिक हिंसामुक्त नगर बनाउने कार्ययोजना सार्वजनिक

हिंसाजन्य चेतना र मान्यता सबैले त्याग्नुपर्छ : मुख्यमन्त्री

८ फागुन, बुटवल । बुटवल उपमहानगरपालिकालाई लैंगिक हिंसामुक्त बनाउने रणनीतिक कार्ययोजना ल्याइएको छ ।

बुटवलमा मानवताको शहर, बेसहारा सहयोगापेक्षी सडक मानवमुक्त नगर हुँदै अहिले अर्को महत्वपूर्ण कामका रुपमा लैंगिक हिंसामुक्त नगरको कार्ययोजना तय गरिएको छ ।

उपमहानगरपालिकामा बिहीबार मुख्यमन्त्री शंकर पोखरेलले एक कार्यक्रमका बीच कार्ययोजना सार्जजनिक गरेका हुन् ।

रणनीतिक कार्ययोजना सार्वजनिक समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बुटवलले महत्वपूर्ण कामको सुरुआत गरेको बताए । उनले कार्ययोजनालाई कार्यान्वयन गर्नका लागि आफैंबाट त्यसको सुरुआत गर्न जरुरी रहेको बताए ।

अन्धविश्वास र कुरीतिका कारण लैंगिक हिंसाका घटनाहरु हुने गरेको र कैयौं घटनाहरुमा पीडितले आफू पीडामा परेको थाहा नपाउनेसम्मको अवस्था रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले अशिक्षा, कुरीति, कुसंस्कार र हिंसाजन्य परम्परालाई अन्त्य गर्न जरुरी रहेको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले उपमहानगरमा क्रियाशिल संघ संस्था, जनप्रतिनिधि, कर्मचारी तथा कार्यक्रममा उपस्थित आमन्त्रितहरुलाई लैंगिक हिंसा नगर्ने र हुन नदिने प्रतिवद्धतासहितको सपथ खुवाएका थिए ।

बुटवललाई लैंगिक हिंसामुक्त नगरका रुपमा स्थापित गर्ने अभियान स्वरुप उपप्रमुख आचार्यको संयोजकत्वमा २०७४ साउन २५ गते आठ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यक्रम स्थलमा राखिएको प्रतिबद्धतापत्रमा मुख्यमन्त्री पोखरेलसहित सहभागिहरुले हस्ताक्षर गरेर लैंगिक हिंसाविरुद्धको अभियानमा सरिक हुने साझा प्रतिवद्धता गरेका थिए ।

बुटवल उपमहानगरले सार्वजानीक गरेको रिपोर्टका अनुसार बुटवलमा मात्र एक आर्थिक वर्षमा एक सय २९ लैंगिक हिंसाविरुद्धका घटनाहरु दर्ता भएको कार्यक्रमका सञ्चालक तथा उपमहानगरका महाशाखा प्रमुख तुलसा अर्यालले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment