Comments Add Comment

युरोपा लिगमा आर्सनल विजयी, युनाइटेड बराबरीमा रोकियो

युरोपियन फुटबलको दोस्रो श्रेणीको क्लब प्रतियोगिता युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेगको खेलमा इंग्लिस क्लब आर्सनलले जित हात पार्दा त्यहाँकै अर्को क्लब म्यानचेष्टर युनाइटेड भने बराबरीमै रोकिएको छ ।

बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीक क्लब ओलम्पियाकोसलाई १-० ले पराजित गरेको हो । ग्रीसमा भएको खेलमा आर्सनलका लागि ८१ औं मिनेटमा एलेक्जान्डर लाकाजेटले एक मात्र गोल गरे ।

यस्तै युनाइटेड भने बेल्जियन क्लब ब्रुगसंग १-१ को बराबरीमा रोकियो । खेलको १५ औं मिनेटमै उमानुएल डेभिसको गोलमा ब्रुगले घरेलु मैदानमा अग्रता लिएको थियो। तर ३६औं मिनेटमा युनाइटेडका लागि एन्टोनी मार्सिएलले बराबरी गोल पर्काए । दोस्रो हाफमा गोल नहुँदा खेल बराबरीमै सकियो ।

अर्को इंग्लिस क्लब वल्भ्सले भने स्पेनको स्पानयोलमाथि ४-० को शानदार जित हात पार्‍यो । स्पानयोल हारे पनि गेटाफेले भने गत सिजन च्याम्पियन लिगको सेमिफाइनल खेलेको अयाक्सलाई २-० ले हरायो । अर्को स्पानिस सेभियाले सिएफआर क्लुजसंग १-१ को बराबरी खेल्यो ।

यसैगरी इटालियन क्लब इन्टरले लुडोगोरेट्सलाई २-० र रोमाले जेन्टलाई १-० ले हरायो ।

जर्मनीका दुवै क्लबले जित हात पारे । इनट्राट फ्राङकफर्टले साल्जवर्गलाई ४-१ ले तथा वायरलेभरकुजनले पोरचुगलको एफसी पोर्टोलाई २-० ले हरायो ।

पोर्चुगलकै अर्को क्लब वेनफिका युक्रेनी क्लब साख्तर डोनेसकसंग २-१ ले पराजित हुँदा अर्को पोर्चुगिज क्लब स्पोर्टिङ सिएफले इस्तानबुल बासाकसिएरलाई ३-१ ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment