Comments Add Comment

एकसातामै दोस्रो पटक आर्मी मछिन्द्रसँग पराजित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब एकसाता नबित्दै दोस्रो पटक मछिन्द्र क्लबसँग पराजित भएको छ ।

झापाको झिलझिलेमा भइरहेको तेस्रो संस्करणको सताक्षी गोल्डकपको दोस्रो सेमिफाइनलमा आर्मी मछिन्द्रसँग २-० ले पराजित भएको हो । यसअघि गत शनिबार शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा पनि आर्मी मछिन्द्रसँग नै पराजित भएको थियो ।

आर्मीलाई हराएपछि मछिन्द्रले फाइनलमा स्थान बनाएको छ । अब उपाधिका लागि मछिन्द्रले लितपुरको थ्री स्टार क्लबसँग खेल्नेछ । लिगमा मछिन्द्रले थ्री स्टारलाई पनि पराजित गरेको थियो ।

झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा शुक्रबार भएको खेलमा मछिन्द्रलाई जिताउन रेजिन सुब्बाले एक गोल गरे । अर्को गोल आर्मीका खेलाडिले उपहार दिएका थिए ।

खेलको २१ औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएको मछिन्द्रले दवस्रो हाफमा पनि गोल थप्यो । ७४ औं मिनेटमा आर्मीका विकास खवासले आत्मघाती गोल गरेपछि मछिन्द्रको अग्रता दोब्बर भएको हो ।

मछिन्द्रले अब थ्री स्टारसँग फाइनल खेल्नेछ । थ्री स्टारले पहिलो सेमिफाइनलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

सताक्षीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment