
शुक्रबारबाट दुई बलिउड चलचित्रले आफ्नो प्रदर्शन सुरु गरेका छन् । आयुष्मान खुराना स्टारर चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ र विक्की कैशल स्टारर चलचित्र ‘भूत’ यस साता रिलिज भएका चलचित्र हुन् । दुबै चलचित्रलाई आशातित चलचित्रको रुपमा हेरिएको छ ।
शुक्रबारको व्यापारलाई हेर्ने हो भने आयुष्मानले विक्कीलाई धेरै पछाडि छोडेका छन् । बक्स अफिस रिपोर्टका अनुसार चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ले बम्पर ओपनिङ गरेको छ । यस चलचित्रले रिलिजको पहिलो दिन नै ९ करोड ५५ लाखको कमाई गरेको छ ।
चलचित्र ‘भूत’को ओपनिङ पनि राम्रै छ । चलचित्रले पहिलो दिन ५ करोड १० लाखको व्यापार गरेको छ । बलिउड बक्स अफिसमा यस व्यापारलाई राम्रो मान्न सकिन्छ । तर, शुभ मंगलको तुलनामा भने यस चलचित्र कमजोर बनेको छ ।
शुभ मंगल ज्यादा सावधान समलिंगी पुरुषको कथामा निर्माण भएको चलचित्र हो । हितेश केवाल्य निर्देशित यस चलचित्रमा आयुष्मान र गजराज रावको मुख्य भूमिका रहेको छ ।
त्यस्तै, चलचित्र भूतलाई भानु प्रताप सिंहले निर्देशन गरेका हुन् । थ्रिलर तथा हरर जनरामा निर्माण भएको यस चलचित्रमा भूमि पाण्डेकरको पनि मुख्य भूमिका रहेको छ ।
प्रतिक्रिया 4