+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

डा. खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते १४:१८
Photo Credit : यमन पौड्याल/अर्थमन्त्रालय

११ फागुन, काठमाडौं । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।

७० करोडको कमिसनको अडियो प्रकरणपछि सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि रिक्त रहेको यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डा. खतिवडालाई तोकेकी हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले संचार मन्त्रालयबारे केही न केही जानकारी बजेट निर्माणका क्रममा हुने गरेको बताए । प्रधानमन्त्री र राष्ट्रपतिले आफूलाई गहन जिम्मेवारी दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

संविधानले सुनिश्चितता गरेको प्रेस स्वतन्त्रलाई सम्मान गर्ने भन्दै उनले प्रेस स्वतन्त्र र निर्भिक हुनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गरे । राज्यको पुनर्संरचना गर्ने समय भएका कारण सरकार गठन भएको दुई वर्ष अघिल्लो दुई वर्षहरुभन्दा फरक रहेको भन्दै यस समयमा धेरै काम भएको डा. खतिवडाले बताएका छन् ।

दुई वर्षको अवधि राज्य प्रणालीको परिवर्तनका लागि लामो समय नभएको उनको भनाइ छ । यसबीचमा भएका कामलाई सजिलै सम्पन्न नभएको उनले उल्लेख गरे । दोस्रो वर्षमा आइपुग्दा अन्यौल र द्विविधा धेरै हदसम्म हटेको उनको भनाइ छ । संघीयतामा गएपछि व्यवसायिक वातावरण, द्वन्द्व, प्राकिृतिक स्रोतको द्वन्द्व हुन्छ कि भन्ने अन्यौल हटेको उनको भनाइ छ ।

अब पाएको अवसर गरिबी अन्त्य, समावेशी विकास गर्दै मुलुक समृद्ध बनाउनेतर्फ सरकारको ध्यान जाने उनले बताए । सूसचित हुन पाउने नागरिकको अधिकार निश्चित गर्न आफू सक्रिय हुने उनले प्रतिवद्धता व्यक्त गरे । सूचना प्रविधिको माध्यमबाट शासकीय प्रवन्धलाई पारदर्शी बनाइने र सञ्चार माध्यमलाई व्यवस्थित गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?